Sorry, that menu does not exist.
 

बर्खायाम सङ्गै निसीवासीहरु निसेलढोर जान सुरु

डम्मर बुढा मगर बुर्तिबाङ २०७४ असार १४ । जिल्ला को पश्चिम् क्षेत्र निसीका बासिन्दा बर्खा याम सुरु भए सङ्गै गोठ लगेर निसेलढोर जाने समय सुरु भएको छ।

प्रत्येक बर्ष बर्खा याम सुरु भए पछि आफ्नो घरमा भएको गाइभैसी,बाख्रा ,भेडा सङ्गै ढोर जाने र हिउँदमा निसि ९औल० मा बस्ने गर्छन् । छुट्टै सस्कृती बोकेको क्षेत्र निसेलढोरमा हिउद भरी मकै,आलु,जहु,मुख्य खेती गरि आफ्नो जीवनोपार्जन गर्ने गर्द्छन भने बर्खा को समयमा ढोरपाटन जाने गर्द्छ्न ।

ढोरमा आलु खेती गरि आलुबाट नै मनग्य आमदामी गरि घरखर्च चलाउनु का साथै आर्थिक रुपमा सबल हुँदै आएको स्थानीयको भनाइ छ। ढोरमा आलुकासाथै मकै ,सिमी, स्याउ, फापर, ज्वातो जस्ता खेती गर्ने स्थानीय मनवीर घर्तीले बताए।त्यहाका बासीहरुको छुट्टै सस्कृती,पहिचान ,भाषाले गर्दा पनि बाहिर बाट आउने पर्यटकलाई पनि लोभ्याउने गर्द्छ। निसी देखि निसेल ढोर जाने बाटोमा सरकार ले भ्यु टावर, खाने पानी, पाटीपौवा,चौतारीको बिकास गर्ने हो भने निसीमन बासिन्दालाई फाइद स्थानीय बताउछन् । निसीवनसी त्यहा गएर आफ्नै काम धन्दामा व्यस्त भै बर्षत को समय बिताउने गर्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply