Sorry, that menu does not exist.
 

जनताको बहुदलीय जनवादबाट मात्रै मुलुकले शान्ति र समृद्धि प्राप्त गर्ने केसीको दावी !

बागलुङ, २०७४ असार १४ । जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नेकपा एमालेको तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ६६ औं जन्म जयन्तीका अवसरमा बुधबार बागलुङ नगरपालिका १ बाङ्गेचौरस्थित मदन–आश्रीत स्मृति पार्कमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरियो ।

सो कार्यक्रममा बोल्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादबाट मात्रै मुलुकले शान्ति र समृद्धि प्राप्त गर्ने दावी गरिन् ।

सानै उमेरमा नेपालको बामपन्थी आन्दोलनलाई विश्वमा चिनाउन सफल मदन भण्डारीलाई स्मरण गर्नका लागि आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा जननेता भण्डारीका बारेमा जानकारी गराउदै नेतृ केसीले नेपालको वर्तमान राजनीति जनताको बहुदलीय जनवादकै अगुवाईमा अगाडि बढेको बताईन ।

२००९ सालमा साविकको ताप्लेजुङ जिल्लामा जन्मिएका मदन भण्डारी २०४६ सालको जनआन्दोलनका योजनाकार समेत रहेको चर्चा गर्दै केसीले मदन भण्डारीले २०४७ सालको संविधान जारी गर्दा व्यक्त गरेका २७ बुदे अहसमतिहहरु २०६२÷०६३ को आन्दोलनले पुरा गरेको स्पष्ट पारिन ।

बामपन्थी र प्रजातान्त्रिक शक्तिहरुबीच समन्वय गर्दै अगाडि बढ्ने, जनताको सर्वोच्चताबाट मात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धिको यात्रा अगाडि बढ्ने लगायत मुख्य १४ वटा विशेषता जनताको बहुदलीय जनवादमा रहेको र जवजकै मार्गदर्शनमा देश अगाडि बढिरहेको केसीले चर्चा गरेकी थिईन ।

नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो ।

मदन–आश्रीत स्मृति पार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा एमाले नेतृ मना केसी, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सांसद नरबहादुर थापा लगायतले दीप प्रज्ज्वलन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply