Sorry, that menu does not exist.
 

मुसिकोट नगरपालिकामा निर्वाचन शान्तिपूर्ण : मतगणना भोलि विहान ७ बजेबाट

कमल पौडेल, गुल्मी २०७४ असार १४ । गुल्मीको मुसिकोट नगरपालिकामा छिटफुट घटना वाहेक शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ। विहान ७ वजेवाट साँझ ५ वजे सम्म भएको मतदानमा झण्डै ७० प्रतिशत मत खसेको छ। कुल १९ हजार ४ सय ८५ मतदाता रहेको मुसिकोट नगरपालिकामा १३ हजार ५ सय ६१ मत खसेको हो। जसअनुसार वडा नं. १ मा २ हजार ९४, वडा नंं २ मा १ हजार ५ सय ९६, वडा नं. ३ मा १ हजार ५ सय १२, वडा नं. ४ मा २ हजार १ सय ४७, वडा नं. ५ मा १ हजार ५ सय ४८, वडा नं. ६ मा १२ सय ५२, वडा नं. ७ मा १४ सय ३७, वडा नं. ८ मा ११ सय ५८, र वडा नं. ९ मा ८ सय १७ मत खसेको छ। मुसिकोट नगरपालिकामा कुल ४७ पदको लागी १ सय ४१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मुसिकोट नगरपालीकामा दिनभर मौसम सफा रहेकोले पनि मतदाता थप उत्साहित भएका थिए । दिउसो करिव २ वजे अधिकाशं मतदाताले मतदान गरिसकेका थिए । दिउसो मतदानको विषयमा विवाद हुँदा वडा नं. १ को नेपाल राष्ट्रिय सर्वोदय मावि पौदि अमराईमा झण्डै १ घण्टा मतगणना स्थगित गरिएको थियो। पछि आपसी समझदारी भएपछि मतदान भएको थियो भने वडा नं. ७ को महेन्द्र आदर्श मावि केन्द्रमा वाहिर सामान्य विवाद भएपनि मतदानमा कुनै अवरोध भएको थिएन तर मतदानको पहिलो चरणमा पत्रकारहरुलाई पनि फोटो खिच्न निषेध गरिएको थियो । दिउसो वाट फोटो खिच्न दिइएको थियो। अहिले मतपेटिका संकलन भैरहेको मुसिकोट नगरपालिकाका निर्वाचन अधिकृत घनश्याम न्यौपानेले जानकारी दिए। मत गणना भोलि विहान ७ वजेवाट हुने निर्वाचन कार्यालयले जनाएको छ।
फोटोः महेन्द्र आदर्श मावि मतदान केन्द्र मुसिकोट ७ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply