के छ, नयाँ शक्ति पार्टी बागलुङले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा ?

बागलुङ २०७३ माघ १ । नयाँ शक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद बागलुङले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिल्ला प्रशासन कार्यलय बागलुङ मार्फत ज्ञापन पत्र पठाएको छ ।

नयाँ शक्ति पार्टी अन्तरिम जिल्ला परिषदका संयोजक चित्र सापकोटाका अनुसार ज्ञापन पत्रमा नेपालमा संविधान निर्माणपछि संक्रमणकालको अन्त्य भए पनि राजनैतिक स्थायित्व नभएको र विकासले गति नलिएकाले संविधान संशोधन मार्फत असन्तुष्ट समुदायको माग सम्बोधन गर्दै निर्वाचन मार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउन ध्यानाकर्षण गराइएको दलहरुको चरम सत्ताको स्वार्थले उत्पन्न दलिय झगडाले राष्ट्रिय पुर्ननिर्माण, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधिनता र जनजिविकाको सवाल आ्झेल परेको उल्लेख छ ।

नयाँ शक्ति पार्टीले पटक–पटक प्रधानमन्त्री समक्ष जनताको मुद्दा र सरोकारका विषयमा ज्ञापन पत्र पठाए पनि सरकारले चासो नदेखाएकाले जनतासंग जोडिएको राजनैतिक,समाजिक विषयका बारेमा पुनः ज्ञापन पत्र पठाइएको संयोजक सापकोटाले जनाए ।

ज्ञापन पत्रमा असन्तुष्ट दल र समुदायको माग सम्वोधन गर्दै संविधानमा आवश्यक संसोधन सहित निर्धारित समयमा ३ वटै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने जिम्मेवारी भए पनि मुख्य कार्यबाट राजनैतिक दल र सरकार भाग्न खोजेको, राजनैतिक आड,भरोसा र संरक्षणमा भष्ट्रचारले मौलाएको, भष्ट्रचारको नियन्त्रणको लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयम विवादित र कमजोर बनेकाले यस विरुद्धको अभियानमा शुन्य सहनशिलता,पारदर्शिता र सुशासनका लागि संविधान संशोधन गरि शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन गर्न माग गरिएको छ ।

भुकम्प पछिको पुर्ननिर्माणले गति नलिएको, राष्ट्रिय गौरवका आयोजना अलपत्र, महँगी, बेरोजगारी, युवा पलायन, सामाजिक विकृतिको रुपमा रहेका छुवाछुत, जातिय विभेद, महिला हिसां, बालश्रम शोषण तर्फ ध्यान दिन ज्ञापन पत्र मार्फत सरकारलाई आग्रह गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.