Sorry, that menu does not exist.
 

प्रहरीले गाउँघरमा हुने हिँशा र यातना सम्वन्धी उजुरी लिन मान्दैन : बक्ता

विजय राना बागलुङ २०७४ असार १३ । काठेखोला गाउपालिका तंग्रामका स्थानीयले जिल्ला प्रहरी कार्यालय बागलुङले अपराधका घट्नाको उजुरी सहज रुपमा दर्ता गर्न नमानेकोे बताएका छन् ।

२० औँ अन्तराष्ट्रिय यातना बिरुद्धको दिवसमा राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चाल क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा परिसूचन साप्ताहिक पत्रिकाको संयोजनामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीले गाउघरमा भएका यातना लगायत विभिन्न हिंसाका घट्नाको उजुरी लिएर प्रहरी कार्यालयमा जाँदा दर्ता गर्न नमानेको उनिहरुले आरोप लगाए ।

कार्यक्रममा अध्यक्षता गर्दै राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गर्तौलाले प्रहरीले घट्ना दर्ता गर्न नमाने राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखरामा उजुरी गर्न आग्रह गरिन् ।

गर्तौलाले यातना दिने कार्य अपराध भएको बताउँदै कसैले यातना दिएमा त्यसको बिरुद्धमा मुद्दा हाल्न सकिने बताईन् ।

कार्यक्रममा मानव अधिकार अधिकृत ज्योति घिमिरे र नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाले यातना सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनु र त्यसको कार्यन्वयनको अवस्थाको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा काठेखोला गाउपालिकाका सदस्य टिका संगम विक, धारा माविका प्रधानाध्यापक मित्रदत्त ढकाल, नारायणी उच्च माध्यामिक विद्यालयका शिक्षक विष्णुबहादुर थापा, कमला थापा, मिनबहादुर पुन, धनबहादुर पुनले मंतव्य व्यक्त गरेका थिए ।
मानव अधिकार अधिृत ज्योति घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिसूचन साप्ताहिक पत्रिकाकी तन्मती रोकाले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply