समाजसेवी स्व. उपाध्यायको स्मृतिमा ट्रस्ट स्थापना गरिने !

बागलुङ २०७३ माघ १ । नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माको उपस्थितिमा सुगंगा स्मृति कोषको कार्यकक्षमा शुक्रबार भएको एक भेलाले राङखानी पाहीका समाजसेवी स्व थानेश्वर उपाध्यायको स्मृतिमा एक ट्रस्टको स्थापना गर्ने निर्णय गरेको छ ।

भेलाले प्रस्तावित ट्रस्टको कार्यलाई अघि बढाउन साहित्यकार काजी रोशनको संयोकत्वमा समाजसेवीहरु कुलराज शर्मा, देवबहादुर श्रेष्ठ, केबि राना तथा बिदुर खड्का सदस्य रहेको तदर्थ समिति गठन गरेको छ ।

नेपाल सरकारका पूर्व सचिव एवं स्व. उपाध्यायका जेष्ठ सुपुत्र शर्माले पारिवारिक सरसल्लाह पश्चात छिट्टै नै ट्रस्ट स्थापना गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.