बागलुङ कालिका भगवती मन्दिरको आम्दानी ६ महिनामा ४७ लाख !

बागलुङ, २०७३ माघ १ । प्रशिद्ध कालिका भगवती मन्दिरमा चालु आ.ब ०७३/७४ को पहिलो ६ महिनामा जम्मा रु ४६ लाख ९८ हजार ८ सय १२ रुपैयां संकलन भएको छ । यो रकम गत आबको भन्दा ७ लाख ५६ हजार ४ सय २६ रुपैयांले बढी हो । गत ०७२/७३ आ.बको पहिलो ६ महिनामा ३९ लाख ४२ हजार ३ सय ८६ रुपैयां जम्मा भएको थियो ।

यो ६ महिनामा ९ सय ९ बोका, १ हजार १ सय ४५ कुखुरा, २८ रांगो, ७ सुंगुर बलि दिइएको कालिका भगवती मन्दिर व्यवस्थापन सििमतले जनाएको छ ।

चालु आ।बको साउन महिनामा २ लाख ९७ हजार ७ सय ३४ रुपैयां, भाद्र महिनामा ४ लाख ८७ हजार ६ सय ३० रुपैयां, असोज महिनामा १८ लाख ७५ हजार ९१ रुपैयां, कात्तिक महिनामा ६ लाख १९ हजार १ सय ३२ रुपैयां, मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७ रुपैयां तथा पुस महिनामा ५ लाख ५४ हजार ७ सय ७८ रुपैयां जम्मा भएको समितिका अध्यक्ष राजु खडकाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.