Sorry, that menu does not exist.
 

लागि बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल र बीउ वितरण

सुमन सुनार बुर्तिवाङ २०७४ असार ६ । आदिवासी जनजाति गाउँ समन्वय समिति अधिकारीचौरले किसानहरुका लागि बेमौसमी तरकारी उत्पादनका लागि टनेल र बीउ वितरण गरेको छ । साविकको अधिकारीचौर गाउँ विकास समितिमा आर्थिक वर्ष २०७३/०७४बाट विनियोजन भएको वजेटले उक्त स्थानका किसानलाई सामाग्री वितरण गरिएको हो ।

साविकको अधिकारीचौर गाउँ विकास समितिका ९ वटा वडामा रहेका ९ जना अगुवा किसानलाई ९ हजार मुल्य पर्ने प्लाष्टिक टनेल वितरण गरिएको छ भने अरु कृषकलाई विउ वितरण गरिएको आदिवासी जनजाति गाउँ समन्वय समितिका सचिव प्रशान्त घर्ति मगरले बताए । एक कार्यक्रमको आयोजना गरि त्यस स्थानका कृषकलाई करिव ९० हजार वरावरको टनेल र विउ वितरण भएको बताइएको छ ।

समितिका अध्यक्ष उमेश कुमार बुढाको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुन र वडा नं. ६ का वडा अध्यक्ष जीवन कुमार पुनको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा सचिव कमल प्रसाद कँडेलले बोल्दै यस अघि गाबिसबाट बिनियोजन भएको वजेट समेयमा फछर्यौट गर्न असजिलो भइरहेको अवस्थामा यस आर्थिक वर्षमा भने समयमै काम सम्पन्न हुनु सकरात्मक भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनले, लक्षित समुदाय आदिवासी जनजातिका लागि गाविस परिषदबाट विनियोजन भएको वजेट सही ठाउँमा सदुपयोग भएको बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर घर्ति मगर, सामाजिक परिचालक गामति घर्ति तथा स्वास्थ्य चौकीका सिनियर अहेव ललित कुमार यादवको समेत उपस्थिति रहेको थियो । आयोजित कार्यक्रमको समितिका सचिव सञ्चालन प्रशान्त घर्तिले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply