Sorry, that menu does not exist.
 

यी हुन, सरकारी निकायले मृतक बनाईएका जीवित व्यक्ति

प्रेम सुनार, गुल्मी २०७४ असार ५ । मान्छे घरैछ र जिवितै पनि छ । साविकको गाविस कार्यालय भन्दा टाढाको व्यक्ति पनि होईन नजिकैको हो । अपरिचीत पनि होईनन् २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका निर्वतमान वडा अध्यक्ष पनि हुन् । गाउँमा मात्र नभई अधिकांश जिल्लावासीले चिन्ने चर्चित र जीवित व्यक्तिलाई गुल्मीको रेसुङ्गा नगरपालिकाको मतदाता नामावलीमा मृतक बनाईएको छ ।

उनि हुन रेसुङ्गा नगरपालिका वडा नम्वर ४ , साविकको अर्खले ७ का ४९ वर्षिय चन्द्रकान्त भण्डारी । जसलाई रेसुङ्गा नगरपालिका वडा नम्वर ४ का वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित मतदाता अनुगमन तथा अध्यावधिक समन्वय समितिको २०७३ साल माघ ५ गतेको लिखित निर्णयले मृतक घोषणा गरी मतदाता नामावलीबाट नाम हटाउने सिफारिस जिल्ला निर्वाचन कार्यालयलाई गरी दिएको हो ।

२०२४ साल असार ३ गते जन्मिएका भण्डारीको गुल्मीबाट बनाईएको नागरिकता नम्वर १२१९ रहेको छ भने उनको मतदाता परिचय पत्र नम्व ०९३२७६६८ रहेको छ र उनले २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा मतदान समेत गरेका थिए ।

गजवको कुरा त के छ भने त्यस वडा सचिव खनालको संयोजकत्वमा गठित समितिले साविकको वडा नम्वर ७ हालको रे.न.पा. वडा नम्वर–४ मा आज भन्दा ४ वर्ष अघि मृत्यु भएकी कृष्ण कुमारी भण्डारीलाई हाल सम्म मतदाता नामावलीमा जिवित राखेको छ , अर्थात हटाईएको छैन भने जिवित व्यक्ति चेतकान्त भण्डारीलाई भने मृतक भनिएको छ ।

कसरी उनि जिवित व्यक्तिलाई मृतक बनाईयो त ? जुन कुरा उनले कसरी थाह पाए त ? भन्ने प्रश्नमा उनै भण्डारीले भने–‘ म आफुलाई थाह थिएन । मेरा आफन्त एवं छिमेकी विष्णु पाण्डे दुवईमा थिए । उनले ईन्टरनेटमा यस वडाको नामावली हेरेर मेरो नामावली हटेको थाह दिएर मात्रै आफु संवन्धित निकाएमा गएको हुँ ।’

जिवित भनिएका भण्डारीलाई थाहा भयो र जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजरी दिए तर परिवारलाई तनाव हुन्छ भनेर सरकारी पक्षले आफुलाई मृतक बनाईएको खवर कसैलाई भनेनन् । जव कसैले जानकारी दियो तव उनकी श्रीमती सहित परिवारका सदस्यमा अहिले रुवावासी सुरु भएको छ । हामी त्यो परिवारको घरमा पुग्दा उन श्रीमती पुतला जिवित श्रीमान हुँदा हुदै आफुलाई सरकारी निकायले एकल महिला बनाएको भन्दै रोई रहेकी थिईन् ।
भण्डारीका छोरा तथा छोरीले पनि जिवित मान्छेलाई मृतक वनाउने वडा सचिव खनाल लगायतका समितिका मानिसहरुलाई कार्वाही हुनु पर्ने माग गरे ।

गाविस सचिवले कीर्ते गरे: समितिका मानिसहरु

जिल्ला निर्वाचन कार्यालयमा निर्णय गरी पठाईएको निर्णय पुस्तिकामा हस्ताक्षर गरेका त्यस वडाका कुनै पनि राजनैतिक दलका प्रतिनिधी र अन्य सरकारवालाहरुले आफुहरुको हस्ताक्षर नभई गाविस सचिव खनालले कीर्ते हस्ताक्षर गरी त्यस्तो झुटो कार्य गरेको आरोप लगाएका छन् । चन्द्रकान्त भण्डारीलाई मृतक भनि निर्णय गरिएको पुस्तीकामा वडा सचिव भण्डारीका अलवा शेषनारायण भण्डारी , वेदप्रसाद भण्डारी , छविलाल भण्डारी , तारा राना , त्यस वडाका संयोजक तथा नेकपा एमालेबाट वडा अध्यक्षका उमेदवार विजय मरासनी , नेपाली कांग्रेसका प्रतिनिधीका रुपमा कृष्णप्रसाद गौतम , माओवादी केन्द्रका प्रतिनिधीका रुपमा प्रेम पन्थी लगायतको हस्ताक्षर रहेको छ ।
तर उनिहरु मध्ये कसैले पनि उक्त हस्ताक्षर आफुहरुले नगरेको र गाविस सचिव खनालले कीर्ते गरेर त्यस्तो नचाहिँदो काम गरेको बताएका छन् । कसले के षडयन्त्रका साथ जिवित भण्डारीलाई मृतकको सुचिमा राख्न लगायो र किन आफुहरुले उक्त निर्णयमा हस्ताक्षर गर्दै नगरी किर्ते गरेर पठाईयो ? भन्दै आज दिउँसो गाविस सचिव खनाललाई तम्घासको चिदिचौरमा घेरेर त्यस निर्णयमा नाम भएका जतिहरुले थुरिरहेका थिए ।

उक्त मितिमा वसेको छानविन समितिले त्यस वडाका २५ जनालाई मृतकका सुचिमा राखेर मतदाता नामावलीबाट हटाएको छ । २५ जना त्यस वडाका मृतकहरुको सुचिमा ६ नम्वरमा भण्डारीलाई राखिएको छ । यस सम्वन्धमा रेसुङ्गा नगरपालिकाका पञ्जीकाधिकारी गोपाल पाण्डेले वडा सचिव खनालको वचाउ गर्दै उनि नयाँ भएको र समितिका अन्य सदस्यले जस्तो सिफारिस दिए त्यस्तै पठाउँदा यस्तो हुन गएको भन्दै दुख व्यक्त गरे ।

वडा सचिव खनालले पनि आफु एक वर्ष पनि वडा सचिवको जिम्मेवारी सम्हालेको पुरा नभएको र त्यहाँका मानिसहरुका वारेमा आफुलाई केहि जानकारी नभएका कारण समितिका अरु मानिसहरुले जो जसको सिफारिस सुचिमा नाम टिपाए त्यही पठाएर आफु फस्नु परेको बताए ।
उक्त निर्णय पुस्तीका जिल्ला निर्वाचन कार्यालमा रहेको छ । अधिकांसले त्यस निर्णयमा गरिएको हस्ताक्षर किर्ते भएको भन्दै आक्रोष पोख्न थालेको सुईको पाए पछि निवेदन समेत लेखेर त्यसको प्रतिलिपी पाउँ, नागरिकले सुचना पाउने अधिकारलाई प्रयोग गरी भन्दा समेत जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले आफुहरुले पनि गोपनियताको हक प्रयोग गर्न पाउने भन्दै दिन मानेनन् । उनले यस समाचारदाताले माग्दा समेत प्रतिलिपी दिन मानेनन् ।

उनले त्यस निर्णयको फोटो र दृश्य खिच्न नदिए पनि पढेर सुनाउन भने तयार भए । । मतदाता नामावालीमा मृतक भनिएका व्यक्ति जिवित रहेर गुनासो गर्न आउँदा आफुहरु अचम्वित भएको र निर्वाचन आयोगमा सच्चाउन भनि पत्र पठाए अनुसार वल्ला मनोनयन गर्ने दिन उनको नामावाली आएको उनै खत्रीले वताए ।

के का लागि जिवितलाई मृतक सिफारिस गरियो त ?

भण्डारी स्थानिय स्तरमा प्रभावशाली व्यक्ति हुन् । २०५४ सालमा अधधिक मतले नेकपा एमालेबाट साविकको अर्खले ७ को वडाध्यक्षमा विजयी भएका उनको अहिले पनि प्रभाव राम्रो छ । परिवारका सदस्यहरुको आरोप छ उनलाई मतदाताबाट नाम हटाएर उमेदवार हुनबाट बञ्चीत गराउने कुनै व्यक्तिको षडयन्त्र हुन सक्छ ।
नेकपा एमालेले त्यस वडाबाट उमेदवारी पठाउँदा उनि संग छलफल गरेको र सर्व सम्मत रुपमा उमेदवारहरुको नाम जिल्लामा पठाईएको एमालेकै वडा अध्यक्ष उमेदवार विजयी मरासीनी बताउँछन् । एमालेका एक जना कार्यकर्ताका अनुसार उमेदवारको अन्तिम टुङ्गो लगाउने बैठकमा भण्डारी थिएनन् ।
उनलाई फोन गरेर सोधिएको थियो । भण्डारीले पनि आफ्नो नाम सिफारिस गरेर पठाउन आग्रह गरेका थिए । श्रोतका अनुसार उनि बैठकमा नभएका कारण देखाउँदै उनको नाम सिफारिस गरी नपठाईएको हो । तर पनि उनि रुष्ट नभई एमालेको चुनावी प्रचारमा हिडिरहेका थिए । उनि र सम्पुर्ण परिवारका सदस्यको कुनै न कुनै व्यक्तिबाट षडयन्त्र भएको आरोप रहेको छ ।

कार्वाही भन्दा बचाउँको प्रयास

यस्ता गलत काम गर्ने कर्मचारीहरुको विषय सञ्चार माध्यमले उठाए पनि र सम्वन्धित पिडितले उजुरी दिए पनि संवन्धित निकायबाट कर्मचारीलाई कार्वाही हुनुको साटो वचाउको प्रयास हुने गरेको छ ।

गत वर्ष हालको ईस्मा नगकरपालिका हालको दोहलीमा नागरिकतामा जन्म मिति १ सय ४२ वर्षको उमेर हुने गरी राखिएको थियो । जथाभावी नागरिकता , जन्म दर्ता जस्ता व्यक्तिगत घटनामा नाम उमेर राखी दिँदा आमा भन्दा ६ महिनाले छोरीको उमेर बढि , कतै आमा छोराको उमेर ७ , ८ वर्षको फरक यस्ता थुप्रै कम्जोरी गरिदा पनि कार्वाहीको साटो भुलवस भन्दै बचाउँको प्रयास हुँदै आई रहेको वेला यी जिवितलाई मृतक बनाउनेहरुलाई पनि कार्वाही होला भनेर आश गर्न सकिने अवस्था छैन् ।

केहि वर्ष अघि यसै गुल्मीका साविकका ग्वाघा गाविसमा एक जना सौतेलो छोराले जिवित आमा मृत्यु भएको झुटो विवरण बनाई सम्पुर्ण घर सम्पत्ती जिल्ला मालपोतबाट आफ्नो नाममा बनाएको थिए । उनलाई २८ दिन थुनेर छाडिएको थियो ।

(तस्वीरः उनै मृतक बनाईएका जिवित व्यक्ति भण्डारी, श्रीमानलाई मृतक बनाईएको भिडियो रिर्पोटमा बोल्दा बोल्दै गहभरी आँशु पारेकी उनकी श्रीमपति पुतला र छोरा छोरीहरु । साथमा २०७० सम्मको निर्वाचन सम्म भण्डारीको मतदाता परिचय पत्र र नागरिकता)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply