Sorry, that menu does not exist.
 

उपल्लाचौर र नाङ्लीवाङ जोड्ने कालीगण्डकीमा झोलुंगे पुल निर्माण हुने आशा पलायो !

बागलुङ २०७४ असार ५ । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ नगरपालिका- ४, साविक वडा नं ११ उपल्लाचौरबाट पर्वत जिल्लाको जलजला गाउपालिका साविक नाङलीवाङ गाविस जोड्ने कालीगण्डकीमाथी झोलुंगे पुल निर्माण हुने आशा पलाएको छ । बागलुङको उपल्लाचौर र पर्वतको नाङ्लीवाङ जोड्ने ४७० मिटर लामो झोलुंगे पुलको आज सोमवार सर्वे (नापजाँच) सम्पन्न भएपछी पुल निर्माण हुने आशा पलाएको हो ।

आर्थिक, व्यापारिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस पुलको निर्माण आवश्यक महसूस गरेर गत २०७३ साल मंसिर १ गते तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे समक्ष दिईएको निवेदनमा भएको तोक आदेश बमोजिम आज सर्वे भएको निवेदक मध्यका सोम जीसीले बताए ।

बागलुङका कृष्णबहादुर केसी र पर्वतका सोमबहादुर जीसी (माओवादी केन्द्रका स्थानीय नेता)ले बागलुङ र पर्वत जिल्ला विकास समितिहरुको सिफारिस सहित तत्कालीन स्थानीय विकास मन्त्री समक्ष संयुक्तरुपमा पुल निर्माणको लागि निवेदन दिएका थिए । सोहि निवेदनको कार्यान्वयनको क्रममा आज पुलको सर्वे भएको जीसीले बताए ।

केहि वर्ष अघि बागलुङ नगरपालिका- १ रामरेखा बाँगेचौरबाट पर्वतको पाङ अदुवाबारी जोड्ने कालीगण्डकी माथि झोलुंगे पुल निर्माण गर्ने निर्णय भएपनि सम्वद्ध निकायहरुको निस्क्रयताबाट त्यस पुलको निर्माण प्रकृया नै अघि बढ्न नसक्दा स्थानीयवासी निरास भएका थिए । उपल्लाचौर नाङलीवाङ झोलुंगे पुलको सर्वे भएपछी बाँगेचौर अदुवाबारीको झोलुंगे पुल निर्माणलाई अघि सार्नुपर्ने माग बढेको छ । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधीहरु निर्वाचित भैसकेर पदभार सम्हाली सकेको अवस्थामा यस प्रस्तावित झोेलुंगे पुलेको निर्माण कार्यलाई प्राथमिकतामा राखेर शीघ्रतिशीघ्र यसको निर्माण गरिनु पर्ने आवश्यकता छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply