Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिका- ४ गहुखेतमा ब्यवसायिक मुढा बुनाई तालिम सुरु

सुमन सुनार, बुर्तिबाङ, २०७४ असार २ । ढोरपाटन नगरपालिका वडा नं. ४ लुकुरवनको गहुखेत भन्ने स्थानमा ब्यवसायिक मुढा बुनाई तालिम सुरु भएको छ ।

घरेलु तथा साना उद्योग ब्यवसाय समिति शाखा कार्यलय बाग्लुङको आर्थिक सहयोग तथा संगम तालिम तथा परामर्श केन्द्र बाग्लुङको आयोजनामा गत जेष्ठ २४ गते देखि सञ्चालन भएको बताइएको छ ।

गरिबी निवारणका लागि उद्यम विकाश कार्यक्रम (ःभ्म्एब्) मेद्पा अन्र्तगत, उद्यम गरौ उद्यमी बनौ भन्ने मुल नारा सहित गा्रमिण भेगका महिला तथा अन्य नागरिकहरुलार्ई लघुउद्यममा आकर्षित गर्न र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको संगम तालिम तथा परामर्श केन्द्र बागलुङकी सहजकर्ता शोभा भण्डारीले बताएकी छन् ।

४५ दिन सम्म सञ्चालन हुने उक्त तालिममा १४ जना महिला तथा अन्य नागरिकहरुको सहभागिता रहेको सहजकर्ता भण्डारीले बताईन ।
तालिममा बाँसका मुढा, ¥याक, कुर्सी लगायतका सामग्री बनाउने शिप सिकाईएको तालिमकी प्रशिक्षक शशी रेस्मी मगरले बताईन । त्यस स्थानमा प्रसस्त मात्रामा बाँस पाईने हुदा मुढा बुन्ने तालिमले कृषि पेशा संगै फुर्शदको समयमा मुढा बुन्न सकिने भएकाले अतिरिक्त आम्दानीको भरपार्दो स्रोत बन्न सक्ने प्रशिक्षक मगरको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply