छविलाल पाण्डे, बुर्तिवाङ २०७४ असार २ । ढोरपाटन नगरपालिका र यस क्षेत्रका बिभिन्न गाँउपालिकामा छरिएर रहेका पाण्डे दाजुभाईहरुको एकता सँगै बिभिन्न योजना सञ्चालनका लागि बिहिबार भेला तथा समिती गठन गरिएको छ । पाण्डे दाजुभाईको सँख्या बृद्धि हुँदै जाँदा चिनजान र आबस्यक हसयोग प्रकृयामा समेत समस्या भएको भन्दै भेला सँगै छलफल गरिएको हो ।
दाजुभाई परिवारभित्र हुने पुजाआजा ,बिवाह ब्रतबन्ध ,तथा काजकिरीया जस्ता महत्वुपर्ण कार्यमा सबैको साथ र बँशावली समेत बिर्सिसक्ने अबस्था भएका कारण सबै सन्ततीलाई अवगत गराउने उदेश्यले थप अग्रसर रुपमा अगाडि बढ्न समिती समेत गठन गरीएको छ । समाजसेवी शिवलाल पाण्डेको अध्यक्षतामा ११ सदस्यीय दाजुभाई एकता कार्य समितीको गठन गरीएको छ ।
समितीको उपाध्यक्षमा गोपाल पाण्डे, केशवराज पाण्डे, सचिब छबिलाल पाण्डे, कोषाध्यक्ष लालुराम पाण्डे र अन्य सदस्यहरु रहेका छन् । त्यस्तै जेष्ठ सदस्य र सक्रिय ब्यतिmत्व गरी ७ सदस्यीय सम्ंरक्षक समिती गठन गरिएको छ ।
गठित नँया कार्यसमितीले आगामि असार मसान्त सम्म सम्पुर्ण दाजभाई परीवारको नामावली तयार पार्दै बँशावली उतार्ने , यस क्षेत्रका चालीस घरदुरी परीवार र तराइ्र्र गुल्मी क्षेत्रमा रहेका दाजुभाईहरुलाई समेत समाबेश गर्दे पुजा कार्यक्रमलाई निरन्तरता, बिवाह ब्रतबन्ध, काजकिरीया र समस्या परेको खण्डमा दाजुभाई परीवारका सदस्यलाई सहयोग अभियान , सँगै एकताबद्ध रुपमा अगाढि बद्ने निर्णय गरिएको छ ।