कमल पौडेल, खर्बाङ २०७४ असार १ । उद्योग वाणिज्य संघ उपशाखा खर्वाङको आयोजनामा कर शिक्षा कार्यक्रम जिल्ला समन्वय समितिको हल खर्वाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वडीगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु प्रसाद भुसालले स्थानिय स्तरमै कर संकलनको व्यावस्था मिलाएर करको दायरा वढाउनु पर्ने वताए । कर तिर्न सदरमुकाम जानु पर्दा करजन्य सवै व्यावसाय करको दायरामा आउन नसकेको भन्दै भुसालले स्थानिय स्तरमै त्यो व्यावस्था मिलाउन पहल गर्ने वताए । करको दर भन्दा पनि दायरा वढाउनुपर्ने अहिलेको आवश्यकता भएको भुसालले औंल्याएका थिए ।
कार्यक्रममा करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्य प्रसाद चापागाईले करको आवश्यकता, व्यावसाय दर्ताको प्रक्रिया, व्यावसायको प्रकृतिको वारेमा जानकारी गराएका थिए । अधिकृत चाँपागाईले छुट पाईने आशमा व्यावसायीले कर नतिर्दा झन् वढि तिर्नुपर्ने झन्झटमा पर्ने गरेको खुलास पनि गरे ।
कार्यक्रममा व्यावसायीहरुले कर सम्वन्धित विविध गुनासाहरु राखेका थिए भने कर अधिकृत चापागाईले सो गुनासाको जवाफ दिएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ बुर्तिवाङका सदस्य तथा खर्वाङ शाखाका अध्यक्ष खगिश्वर अर्यालले कर शिक्षाले व्यावसायीलाई कर तिर्न प्रेरित गर्ने वताएका थिए । कार्यक्रममा स्थानिय व्यावसायी, उपभोक्ता लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम कर सहयोगी हेमलाल शर्माको संचालनमा सम्पन्न भएको थियो।