रेडक्रस सोसाइटी बानपा ३ गुठीको सभापतिमा कार्की !

बागलुङ, २०७३ पुस २८ । नेपाल रेडक्रस सोसाइटी गुठी उपशाखा बानपा–३ बागलुङको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले डिलबहादुर कार्की सभापति रहेको ९ सदस्यीय उपशाखा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका सदस्यहरुमा सुरेन्द्र खड्का, हरिबहादुर भण्डारी, दिपेन्द्र बाँस्कोटा, लक्ष्मी बाँस्कोटा, लिलादेवी खड्का, इश्वरजंग राजभण्डारी, मानबहादुर खड्का र केशकुमारी रहेका छन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सदस्य तथा निर्वाचन अधिकारी रामबहादुर जिसीले रेडक्रसको मूल्य मान्यतामा आधारित भएर शाखा सञ्चालन गर्न आग्रह गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकारी जिसीले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रम रेडक्रस गुठी उपशाखा बागलुङका सभापति डिलबहादुर कार्कीको अध्यक्षता र सचिव दिपेन्द्र बास्कोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *