विजय राना,बागलुङ २०७४ जेठ २६ । म्याद सकिन एक महिना मात्रै बाँकी रहँदा पनि बागलुङको जैमिनी नगरपालिकाको विभिन्न वडामा जाने मोटरबाटोको स्तरोन्नतिको काम सुरु हुन सकेको छैन ।
जैमिनी नगर पालिकाको वडा न. १ कुश्मिसेरा देखि बिनामारे, अर्जेवा, जैदी, छिस्ती हुँदै बरेङ गाऊँ पालिकाको धुल्लुबास्कोट सम्म जोड्ने मोटरबाटो स्तरोन्नतिको कार्य अहिले सम्पन्न पनि सुरु हुन सकेको छैन ।
मोटरबाटो स्तरोन्नतिको लागि सडक डिभिजन कार्यालयबाट ५० लाख ८४ हजार ७ सय ४५ रुपैयाँ छुट्याए पनि अहिले सम्म काम सुरु हुन नसकेको हो । जहाँ कि बजेट असार मसान्तभित्रै सक्नु पर्ने हुन्छ ।
ठेक्का प्रक्रिया पूरा गरे पनि सडक डिभिजन कार्यालय बागलुङले काम गर्नको लागि ‘कार्यादेश’ नदिएकाले आफुले बाटो स्तरोन्नतिको कार्य सुरु गर्न नसकेको ठेकेदार कम्पनि तिलक निर्माण सेवाका प्रोपाइटर भूपेन्द्र खड्काले जानकारी गराए ।
बाटो स्तरोन्नतिको लागि आफुलाई ठेक्का परे पनि सडक डिभिजन कार्यालय सँग सम्झौता भइनसकेको र कार्यादेश पनि नआएकोले आफुहरुले काम गर्न नसकेको बताए ।
ठेक्का परे लगत्तै स्तरोन्नतिको कार्यलाई अगाडी बढाउने सोचका साथ निर्माण सामाग्री तयार पारे पनि कार्यादेश नआएकोले आफुहरु रोकिनु परेको खड्काको भनाई छ ।
बर्खाको समयमा यसै पनि पानिले कामलाई प्रभावित बनाउने हुँदा समयावधिमै काम सकिनेमा स्थानीयले आशंका व्यक्त गरेका छन् ।
यस बारेमा सडक डिभिजन कार्यालयले भने ठेक्कापट्टाको प्रक्रिया लामो,झन्जटिलो र बजेट आउन ढिला भएकोले काम अगाडी बढाउन नसकिएको बताएको छ ।
स्थानीयले मोटरबाटो स्तरोन्नतिको कार्यलाई तत्काल सुरु गर्न माग गरेका छन् । असारमा गरिने काम बजेट सक्नको लागि मात्र हुने भन्दै दीर्घकालीन हुने गरि काम गर्न स्थानीयले माग गरेका छन् ।
वर्षाको कारण असारको समयमा गरिने काम दीर्घकालीन नहुने बताउँदै असार र साउने झरिमा गरिने कार्यले ठेकेदारलाई मात्र फाइदाहुने बताउँदै जनतालाई फाइदा हुने गरि काम गर्न स्थनीयले जोड दिएका छन् ।
जैमिनी नगर पालिका वडा न. १ का तिलक थापाले नागरिकले परिवर्तनको महसूस हुने गरि समयमै काम गर्नु पर्नेमा बताए ।