देबिस्थान माविको बार्षिकोत्सवमा रु २० लाख संकलन, मंसिर सम्म १ करोड उठाउने लक्ष !

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ जेठ २५ । निसीखोला गाँउपालिका १ मा रहेको देबिस्थान माध्यमिक बिद्यालयको ५८ औँ बार्षिर्कोत्सव आज विहीवार सम्पन्न भएको छ ।

प्रमुख अतिथी व्दय निसीभूजी क्याम्पसका अध्यक्ष धीरप्रताप सिँह तथा निसीखोला गाउपालिकाका प्रमुख तारानाथ पौडेलव्दारा समुद्घाटित कार्यक्रममा विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, एवं विविध पक्षको सम्वृद्धिका लागि कार्यक्रममा समुपस्थित भद्रजनहरुले २० लाख रुपयाँ भन्दा बढी सहयोग गर्ने बचन दिएका छन् ।

यस अघी विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर मल्ल, पुर्व गाविस अध्यक्ष हर्क बहादुर गुरुङ, स्थानीय समाजसेवी खिम बहादुर कार्की लगाएतको सक्रियतामा बार्षिकोत्सबकै दिनदेखि एक बर्ष भित्र १ करोड रुपयाँ सँकलन गर्ने गरी स्थायी कोष सञ्चालन अभियान थालिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मल्लले जानकारी गराएका थिए ।

बिद्यालयलाई समाजसेवी हर्कबहादुर गुरुङले १० लाख २५ रुपैया, समाजसेवी खिम बहादुर काकीले २ लाख ५ हजार, ५ सय ५ रुपया, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष मल्लले २ लाख १ हजार ५ रुपया, कार्यक्रमका प्रमुख अतिथी समाजसेवी धिरप्रताप सिँह व्दारा १ लाख १ हजार १ सय ११ रुपयाँ,शिक्षक जित बहादुर कुवँरले ५५ हजार, समाजसेवी तुल्सिराम अर्यालले ५० हजार, समाजसेवी गजाधर शर्माले ५० हजार १ सय १ , शिक्षक बल बहादुर मल्लले ५० हजार सहित विभिन्न व्यक्तिहरुले ५ हजार भन्दा माथीको रकम विद्यालयलाई दिने वचन वाकदान) दिएका हुन् ।

आगामी २०७४ साल मंसिर महिनाको १५ गते सम्ममा विद्यालयको लागि १ करोड रुपयाँ संकलन गरी देविस्थान माविलाई यस क्षेत्रकै नमूना विद्यालय बनाउने लक्ष रहेको बिद्यालयका प्रधानाध्यापक किरण पौडेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथी सिँहले बोल्दै देबिस्थान माविलाई नमुना बिद्यालय बनाउने अभियान थालेकोमा धन्यबाद सहित सुभकामना ब्यतm गर्दे सबैको साथ र मिहिनेत भएमा असम्भब नहुने बताए । सिँहले यस शुभ कार्यमा अभिभाबक एवं शिक्षा प्रेमीहरु सबैको साथ दिनुपर्ने बताए भने अर्का प्रमुख प्रमुख अतिथी गाउपालिका प्रमुख पौडेलले बिद्यालय ब्यबस्थापन समिती र शिक्षक अभिभाबकले नमुना बिद्यालय बनाउन थालेको अभियान अति महत्वपुर्ण रहेको बताउँदै नमुना बिधालय बनाउनका निम्ती अब निसिखोला गाँउपालीकाले समेत साथ दिने बताए ।

कार्यक्रममा समाजसेवि एवम चन्दादाता हर्क बहादुर गुरुङले बोल्दै आफुले लामो समय देखि उतm बिद्यालयलाई अगाडि बढाउन प्रयत्न रत रहेपनी बिच समयमा आबस्यक ब्यबस्थापन कार्य अगाडी नबढ्दा केहि समस्या भएपनी अब सबैले हातेमालो गरेर अगाडि बढ््नुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख शोभा कार्की, निसीखोला गाँउपालिका कार्यकारी प्रमुख सञ्जय कुमार अधिकारी, प्रभा मावि श्रोत केन्द्र श्रोत ब्यातिm हरिचन पाण्डे, स्थाई कोष सञ्चालक समिती अध्यक्ष खिम बहादुर कार्कि, ब्रमाहकुमारी लक्ष्मि र प्रतिभा दिदि, लगाएतको आतिथ्यता एवम शुभकामना मन्तब्य रहेको थियो ।

कार्यक्रममा बिद्यालयका प्रअ किरण पौडेलव्दारा आर्थिक बर्ष २०७३।७४ को आर्थिक शैक्षिक र भावि योजना गत प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीव्दारा साँगीतिक प्रस्तुती, पञ्चेबाजाको प्रस्तुती एवम स्थानीय तह चुनाबमा निर्वाचित निसिखोला गाँउपालीका प्रमुख उपप्रमुख, तथा अन्य निर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम शिक्षक चन्द्रसिँह रामजालीको स्वागत शिक्षक झग बहादुर क्षेत्री र पुरन ध्वज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.