जाँदाजाँदै प्रजिअ पाण्डेले भने, ‘जीवनमा अरुलाई दु:ख दिने र शोषण गर्ने कार्य गर्न हुन्न !’

सिवाईसीव्दारा प्रजिअ पाण्डेको विदाई तथा जैमिनीका मेयर पौडेललाई बधाई !

सुमन जि.सी.बागलुङ, २०७४ जेठ २३ । चारतारे युवा क्लव सिवाईसी नेपालले बागलुङ जिल्लाबाट सरुवा भई गृह मन्त्रालय जान लाग्नु भएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र पहिलो चरणको स्थानीय तहको निर्वाचनवाट बागलुङ जिल्लाको जैमीनी नगरपालीकाको मेयर पदमा निर्वाचीत हुनुभएको संस्थाका सल्लाहाकार ईन्द्रराज पौडेललाई मङ्गलबार एक कार्यक्रमका विच विदाई तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

१५ महिना पहिले बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका पाण्डेलाई फुल माला, खादा र मायाको चिनो मार्फत सिवाईसीका अध्यक्ष, संरक्षक, सल्लाहाकार लगाएतको टिमले विदाई गरेका थियो ।

विदाई कार्यक्रममा वोल्दै प्र.जि.अ. पाण्डेले कर्मचारी, समाजसेवी, राजनैतीक दल लगाएत सम्पूर्णको उद्देश्य भनेको आम नागरिकहरुको जिवनस्तर माथि उठाउने, विकास निर्माण गर्ने र नेपाललाई समृद्ध बनाउने हो तर कतिपय सन्दर्भमा यी सबै कार्यहरु व्यक्तिको क्रियाशिलतामा भर पर्ने बताउदै पाण्डेले जीवन भनेको दुई चार दिनको भएकाले यो जीवनमा अरुलाई दुख दिने र शोषण गर्ने जस्ता कार्यहरु गर्न हुन्न भन्ने आफ्नो मान्यता रहेको बताए ।

पाण्डेले आफ्नो परिवार भन्दा पनी आफु बसेको ठाउँ प्यारो हुने बताउदै यो अवधिमा आफ्नो काममा सहयोग पु¥याउने सम्पूर्ण बागलुङवासी, यहाँ स्थित संघ संस्था लगाएत सबैप्रती आभारी रहेको बताए । । विदाई कार्यक्रममा बोल्ने वक्ताहरु संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, संस्थाका संरक्षक वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल, जैमीनी नगरपालिकाका नवनिर्वाचीत मेयर ईन्द्रराज पौडेल लगाएतले प्र.जि.अ. पाण्डेले यस अवधिमा जिल्लामा गरेका कामको प्रशंसा गर्दै एक कुशल प्रशासकलाई जिल्लाबाट विदाई गर्नुपर्दा दुःखी भएको धारण राखेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माको स्वागत र सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.