साकोसहरुको सुशासन र आर्थिक अनुशासनका लागि साकोस एकरुपता प्रणाली –अध्यक्ष बस्नेत

सुमन जि.सी. दोलखा २०७३ पुस २८ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष डिवी वस्नेतले साकोसहरुको सुशासन र आर्थिक अनुशासनका लागि नेफ्स्कुनले साकोस एकरुपता प्रणालीको थालनी गरेको बताएका छन् ।

जिल्ला सहकारी संघ लि. दोलखा र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चरीकोटको संयूक्त आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको २५ औं वार्षिक साधारण सभावाट निर्वाचीत पदाधिकारी तथा सञ्चालकहरुलाई स्वागत, बधाई, शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रममा बोल्दै बस्नेतले सो कुरा बताएका हुन् । उनले साकोसहरुको नीति, विधि, प्रविधि र शैलीलाई मूलुकभर एउटै स्वरुपमा सञ्चालन गर्नका लागि नेफ्स्कुनले साकोस एकरुपता प्रणालीको सुरुवात गरेको बताए । बस्नेतले सहकारीको सिदान्त, मर्म र उद्देश्य तथा सहकारीको विषयमा सम्पूर्ण जानकारी दिनका लागि छुट्टै सहकारी विश्व विद्ययालयको आवश्यकता रहेको भन्दै सहकारी विषयलाई पाठ्यक्रममा समावेश गर्नका लागि कार्यप्रकृया अगाडि वढेका समेत जानकारी दिए ।

सो अवसरमा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल र दिपक पनेरुले सहकारीमा देखिएका समस्या र विकृत र चुनौतीहरुलाई समाधान गर्नका लागि नीति, विधि, स्थिती र प्रविधिको प्रयोग, समयमै तरलता व्यवस्थापन, सहकारी शिक्षा, वित्तिय साक्षरता लगाएतका कुराहरुमा ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रमका क्रममा अर्थ सहकारी मैत्री ऐनको आवश्यकता, बचत तथा ऋण सहकारी संस्थाहरुको सुशासन, नियमन र जोखीम व्यवस्थापनका लागि छुट्टै साकोस ऐन, सहकारीमा युवा र महिलाहरुको सहभागिता, सहकारीमा वढ्दै गईरहेको जोखीम व्यवस्थापन, प्रविधिको प्रयोग लगाएतका विषयमा छलफल तथा अन्तरकृया भएको थियो ।

जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहाकार शिवजी राउतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवश्व खड्का र स्वागत जिल्ला सहकारी महासचिव देवीप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा दोलखा स्थीत सहकारी संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिीत रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.