बन्य जन्तुको शिकार खेल्न गएका शिकारी, आफैलाई गोली लागेर गम्भीर !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ पुस २८ । शिकार खेल्न जंगल पसेका खुँखानीका एक युवक आफैलाई गोली लागेर गम्भिर घाईते भएका छन् ।

खुँखानी गाविस-४ का २१ बर्षिय अशोक छन्त्यालले वनमा शिकार खेल्न जाने क्रममा आफैले भिरेका भरुवा बन्दुकको गोली लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । शिकार खेल्न क्रममा लडेर वा झुक्किएर बन्दुक पड्किदा उनको शरीरमा गोली लागेको हो घटनका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको श्रोतले बतायो ।

बुधबार साँझ करीब ५ बजेको समयमा खुँखानीको काले भीर भन्ने वनमा शिकार खेल्न गएका बेला आफनै बन्दुक पड्िकएर दाँया कोखमा गम्भिर चोट लागेको स्थानीयले बताएका छन् ।

घटना लगत्तै घाईते छन्त्याललाई सेनाको हेलिकप्टर मार्फत पोखरा पुर्याईएको र त्यहाँ उचपार सम्भब नभएपछि काठमाडौ स्थित टिचिङ हस्पिटलमा रिफर गरीएको प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

घटनाका बारेमा प्रहरीलाई तत्काल जानकारी नभएको र बिहिबार बिहान मात्रै घटनाको बिषयमा बुझन प्रनानि नारायण शर्माको कमाण्डमा प्रहरी टोली घटना स्थल तर्फ गएको बताईएको छ ।

छन्त्याल जंगलमा मुनाल चरामार्न जाँदै गर्दा बाटोमा लडेर बन्दुक पड्किदा कोखामा लागेर घाईते भएको स्थानीयको भनाई छ । उनी होसमा नभएको र अहिले शल्यक्रियाको तयारी भैरहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *