Sorry, that menu does not exist.
 

स्थानीय तहलाई लोककल्याणकारी राज्यका रुपमा विकास गरौ – जि.सी.

म्याग्दी, २०७४ जेठ १९ । बौद्धिक अपाङ्गताको अभिभावक संघ म्याग्दीले बेनी नगरपालिकाको सहयोगमा अपाङ्गता, बौद्धिक अपाङ्गता भएका, द्वन्द्वपीडित र दलितहरुका लागि बेनी नगरपालिका–६ डम्मरामा आयोजना गरेको २ दिने जनचेतनामुलक कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाज रुपान्तरणका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बन्नु पर्ने बताएका छन् ।

उनले लोककल्याणकारी राज्य निर्माणको जगका रुपमा रहेको स्थानीय तहलाई व्यवस्थित, प्रभावकारी र जनपक्षीय बनाउनका लागि निर्वाचित जनप्रतिनिधिहरु सचेत बन्नु पर्ने बताए ।

संघीय संरचना अनुसार निर्माण भएको स्थानीय तह स्वायत्त निकायमा रुपमा रहेकोले स्थानीय स्तरमा लोककल्याणकारी राज्य सञ्चालनको अभ्यास गर्न उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

परिवर्तनलाई आत्मसात गरेर समाज रुपान्तरणको जग स्थानीय तहलाई राज्यका अन्य निकायले समेत अनुशरण गर्ने स्थलका रुपमा विकास गर्न ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ६ का नवनिर्वाचित वडा अध्यक्ष कृष्णबहादुर बाँनियाले समाजमा रहेका सबै खाले विभेद, असमानता, अन्याय, अत्याचारको अन्त्य गरी समतामुलक समाज निर्माणका लागि जनप्रतिनिधिहरुको अग्रसरता र जनताको सहयोग आवश्यक रहने बताए ।

समाज रुपान्तरणका लागि सबै भन्दा महत्वपूर्ण विषय ज्ञान प्राप्त गर्नु भएकाले जनचेतनामुलक तालिमको आयोजना गरिएको बौद्धिक अपाङ्गताको अभिभावक संघ म्याग्दीका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए।

२ दिन सम्म सञ्चालन हुने तालिममा समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा स्थानीयको भूमिका, सहकारी मार्फत आयआर्जन र वचत लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक जिसीले सहजीकरण गर्ने अध्यक्ष बानियाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply