रिघा-गिरङ्दी मध्यखण्ड मोटरबाटोको स्तरोन्नती गरिने !

विमल नेपाली बागलुङ २०७३ पुस २८ । । रिघा गिरङ्दी मध्यखण्ड मोटरबाटोको स्तरोन्नती हुने भएको छ । बुधबार निवर्तमान गाविस अध्यक्ष होम बहादुर श्रीसको अध्यक्षतामा बसेको बैठकले सो निणय गर्दै सडकको स्तर उन्नतीका लागि सडक निमार्ण समितीको गठन समेत गरेको छ ।

गठित समितीको अध्यक्षमा रण बहादुर राना, सचिवमा डम्बर श्रीस एवम कोषाध्यक्षमा विष्णु विक लगायत रहेका छन् । भेलाले सल्लाहकार समितिको समेत गठन गरेको छ ।

रिघा गाउ परिषदबाट आर्थिक वर्ष ०७३/७४ को विनियोजित बजेट मार्फत स्तरोन्नतीको काम अगाडी बढाईने बताईएको छ । मोटरबाटाको स्तरोन्नतीसँगै सिसाखानी, पाण्डवखानी लगायतका गाविसका स्थानीय लावान्भित हुनेछन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *