Sorry, that menu does not exist.
 

छिट्टै वर्षात सुरु भएपछी ढोरपाटन लगायत निसीभूजी क्षेत्रमा सवारी सन्चालनमा समस्या

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ जेठ १६ । लगातारको बर्षातका कारण सवारी आवतजावतमा समस्या हुन थालेको छ । जेठ पहिलो साता देखिनै लगातार बर्षात भईरहँदा निर्माणाधीन सडक खण्ड हिलाम्मे र चिप्लो हुँदा बुर्तिबाङ देखि ढोरपाटन लगायतका ग्रामिण क्षेत्रमा छुट्ने साना तथा ठुला सवारी साधन आवत जावतमा अबरोध उत्पन्न भएको छ भने दिनहुँ आवत जावत गर्ने सयौँ स्थानीयवासी समस्यामा परेका छन् ।

बिगतका बर्षमा असार पहिलो/दोश्रो सातादेखि बर्षात (मनसुन)सुरु हुने हुँदा सडक अबरुद्ध हुने गरेपनी यस पटक छिटोनै मौसममा परीवर्तन भएका कारण समस्या हुन थालेको हो । सडक हिलाम्मे र चिप्लो हुँदा बुर्तिबाङ देखि छुट्ने निसी,भूजी तथा बिभिन्न ग्रामिण क्षेत्रमा सिधा रुपमा यातायात सञ्चालनमा कठिनाई भएको छ ।

मध्य पहाडी लोकमार्गको बुर्तिवाङ गल्कोट बागलुङ खण्डको ठाउँठाउँमा वर्षातका कारण सवारी आवागमनमा असुविधा भएको यात्रुहरुले बताएका छन् ।

उता आर्थिक बर्ष २०७३⁄७४ का बिभिन्न योजनाहरु निमार्णको कामले तिब्रता लिईरहेको अबस्थामा सडक असहजताका कारण निर्माण सामाग्री ओसार पसारमा समेत समस्य हुने गरेको निर्माण ब्यबसायीले बताएका छन् । छिटैने बर्षातले समस्या निम्त्याउने भन्दै ब्यबसायी तथा ठेकेदारहरुले निर्माण समाग्री ओसार पसारमा तिब्रता दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply