पृथ्वी जयन्तीका अवसरमा म्याराथुन प्रतियोगिता !

बागलुङ २०७३ पुस २८ । श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा Youths Of Baglung (युथ्स अफ बागलुङ)ले आयोजना गरेको खुल्ला म्याराथुन (दौड) प्रतियोगिताको उपाधि चन्द्रबहादुर मल्लले जितेका छन् । साढे ५ किलोमिटरको दुरी २० मिनेट ५८ सेकेण्डमा पार गरेर उनी प्रथम भएका हुन् ।प्रतियोगितामा १६ जनाले सहभागिता जनाएका थिए ।

खुँदुर्के/मालढुंगाबाट सुरु भएको दौड कालिका भगवती मन्दिरको प्रवेशव्दार, बाङगेचौर, ट्राफिक चोक हुदैँ लोकतान्त्रिक चोकमा पुगेर समाप्त भएको थियो । प्रतियोगितामा बिनोद थापा मगर (२१ मिनेट १३ सेकेण्ड) व्दितिय र प्रकाश खत्री (२१ मिनेट ३८ सेकेण्ड) तृतीय भएका थिए । बिजेताहरुलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजार रुपैँया सहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको समापन सामरोहमा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले स्वस्थ जीवन र सबल राष्ट्रका लागि खेलकुद अपरिहार्य भएकाले यसको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा युथ्स अफ बागलुङका मनिस कँडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अमिट कँडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.