शिवालय मावि रणसिङकिटेनीमा विव्यास गठन !

कृष्ण कँडेल, बागलुङ २०७३ पुस २७ । शिवालय प्राथमिक विद्यालय रणसिङकिटेनी–५ मा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।

भागिरथ काउचाको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समितिको सदस्यमा डिलमायाँ श्रीस, शेरबहादुर घर्ती, लालमायाँ सुनार, अनिसा काउचा, सेरबहादुर सुनार, टिकाराम घर्ती र सदस्य सचिव प्रधानाध्यापक राजेन्द्रकुमार श्रीस रहेका छन्।

भिमबहादुर बलालको अध्यक्षतामा गठन भएको शिक्षक अभिभावक संघको सदस्यमा कुमारी काउचा, छमायाँ श्रीस, मनकुमारी बलाल, रुपा श्रीस, मनकुमारी सुनार, भागिरथ काउचा, राजेन्द्र श्री आशाकुमारी काउचा रहेका छन् । भेला विद्यालयका भुतपुर्व अध्यक्ष जंगाबहादुर काउचाको प्रमुख आतिथ्यता र बेकबहादुर काउचाको अध्यक्षतामा सम्पन्न भएको प्रधानाध्यापक राजेन्द्र श्रीसले जानकरी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *