बसको ठक्करबाट देविस्थानका एक युवकको मृत्यु !

बिमल खड्का बुर्तिवाङ २०७३ पुस २७ । निसीबाट बुर्तिवाङ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिंदा देविस्थानका एक युवकको मृत्यु भएको छ ।

ना ४ ख ९२२० नं. को यात्रुबहाक बसले बोहोरागाउँको काना बगरमा देविस्थान गाउँ विकास समिति वडा नं. ५ बस्ने पदम सिंजालीलाई ठक्कर दिंदा घाइते भएका उनको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मृत्यु भएको इलाका प्रहरी कार्यालय बु्र्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

आजै दिउँसो करिव साढे १ वजेको समयमा बसले ठक्कर दिई घाइते भएका सिंजालीको उपचारका क्रममा स्वास्थ्य केन्द्रमा ३ बजे मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले बस र त्यसका चालक अविशन घर्ती मगर नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.