नेका क्षेत्रिय समितिले माघ ५ गते कार्यकर्ता भेला, ८ गते आमसभा गर्ने !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ पुस २७ । नेपाली काँग्रेस क्षेत्र नं ३ को क्षेत्रिय समितीको बैठक आज बुर्तिवाङमा सम्पन्न भएको छ ।

क्षेत्रिय समितिका सभापती दोर्ण कुमार कुवँरको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सदस्य गण्डकी थापा अधिकारी, महाधिबेशन प्रतिनीधि धीर प्रताप सिँह, तथा क्षेत्रिय समिती पदादिकारी, गा्रम समिती पदादिकारी लागएतको उपस्थिती रहेको थियो ।

बैठकले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा सक्रिय रहने निर्णय गरिएको छ । सोही बैठकले समितिको रिक्त उपसभापति र कोषाध्यक्षमा क्रमश नरजंग घर्ती र तुलसी नेपालीलाई मनोनयन गरिएको छ ।

स्थानीय तहलको निर्वाचनलाई लक्षित गर्दै माघ ५ गत पर्वतका साँसद तथा केन्द्रिय सदस्य अर्जुन जोशीको उपस्थितीमा क्षेत्र नँ ३ मा कार्यकर्ता
भेला गर्नै निर्णय गरीएको पनि जनाईएको छ ।

समितिले माघ ९ गते प्रस्तावित तमान खोला गाँउपालीकाको केन्द्र बोङगादोभान, १० गते निसि खोला गाँउ पालीकाको देबिस्थान, ११ गते बडिगाड गाँउ पालीकाको ग्वालीचौरमा र १२ गते ढोरपाटन नगरपालीकाको बुर्तिबाङ बजारमा कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको छ भने माघ २२ गते नै उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा आम सभा तथा केन्द्रिय प्रशिक्षक बिश्वप्रकाश शर्मा, देबराज चालिसे र मिन बिश्वकर्मा द्धारा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरिएको समाचारमा उल्लेख छ । आजको कार्यक्रम क्षेत्रिय सचिब तिलक घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *