खगेन्द्र विश्वकर्मा, गल्कोट तारा, २०७४ जेठ ८ ।माओवादी केन्द्रको तर्फबाट ताराखोला गाँउपालिकाको अध्यक्ष मदको उम्मेदवार प्रकाश घर्ती, उपाध्यक्ष दिलकुमारी रोका पुन लगाएत वडाका अध्यक्ष तथा सदस्यहरुले विजय पछि पुन जनताको घरदैलो अभियान थालेको ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताएका छन् ।
मतदता तथा जनताको घरदैलो अभियानको आज दोस्रो दिन ताराखोला गाँउपालिका हिल गाँउका मतदाता तथा जनताको घरदैलोमा पुगी धन्यवाद सहित जनताको जनचाहाना बुझेको बताएका छन् । शनिवारबाट थालिएको घरदैलो अभियानमा सुरुको दिन ताराखोला तारागाँउ र तारा करिमेला देखी सीप सम्मको जनतासंग भेटघाट गरेका थिए ।
हिल र अमरभुमी क्रमश हुदै अर्गलमा आएर जनताको भवाना अनुसार जनतालाई सेवा सुविधा दिनेमा आफुहरु सदैब जनताको प्रतिनिधिको अनुभुति दिलाउने गरी पद धारण गर्ने अध्यक्ष घर्तीले गाँउपालिका टिमको प्रविद्धता व्यक्त गरेका छन ।
यसैवीच ताराखोला गाँउ कार्यपालीकामा ४ महिला र २ दलित गरी जना ६ निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरुमा माओवादी केन्द्रको तर्फबाट महिला सदस्य गौरीमाया गुरुङ,मनकुमारी रोका,तेजुमाया भण्डारी परियार, र फुलमायाँ पुन र त्यसै गरी दलित सदस्य धनबहादुर विक र अल्पसंख्यकबाट जकबहादुर छन्त्याल निर्वाचित भएको निर्वाचन अधिकृत देवि प्रकाश पौड्लले जानकारी दिए।
निर्वीरोध निर्वाचीत टिमलाई सपथ ग्रहण सहीत पद धारण गराईएको छ । अव लगत्तै वडाबाट कार्य संचालन हुने बतार्ईएको छ ।