जन माद्यमिक बिद्यालय झिम्पामा ‘पृथ्वी जयन्ती’

कुम्बिर विश्वकर्मा, बुर्तिवाङ २०७३ पुस २७। बागलुङ जिल्लको पश्चिम क्षेत्र बोहरागाउ ९ झिम्पामा स्थित जन माद्यमिक बिद्यालयमा विभिन्न कार्यक्रमकासाथ पृथ्वी जयन्ती मनाइएको छ।

शिक्षक टंक प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिमला परियारको प्रमुख आथित्यता र अभिभावकहरुको सहभागिता रहेको थियो।

उक्त अबसरमा बिद्यालयले आयोजना गरेको ूखुल्ला प्रतिस्पर्धात्मक प्रतिभाू कार्यक्रममा १८ जना विद्यार्थीले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका थिए। सो कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा अनिता बुढा मगर नृत्यमा प्रथम, कक्षा (८ मा अध्ययनरत छात्र सुरज गिरि मुक्तकमा व्दीतिय ,कक्षा ८ मै अध्ययनरत छात्र भुमिराज बिश्वकर्मा तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

कार्यक्रमको सन्चालन शिक्षक राम बहादुर क्षेत्रीले गरेका सर्थ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *