Sorry, that menu does not exist.
 

नवनिर्वाचित मेयर नेपालीव्दारा उत्तरगंगा माविमा ३ लाख ५ हजारको अक्षय कोष

खेमराज अर्याल, बुर्तिबाङ २०७४ जेठ ७ । ढोरपाटन नगरपालिकाको वडा नम्बर १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयको ४९ आँ वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ । विद्यालयका चन्दादाता जग्गादाता अभिभावक एवं ढोरपाटन नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर एवं वडा अध्यक्षहरुलाई सम्मान कार्यक्रम सहित वार्षिक उत्सव कार्यक्रम समापन गरिएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका नवनिर्वाचित मेयर देवकुमार नेपालीलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो भने उपमेयर करमती घर्ती लगाएत अन्य नवनिर्वाचित वडा अध्यक्षहरु वडा नम्बर १ का चित्र वहादुर भण्डारी ३ का अध्यक्ष हेमेन्द्र पुन घर्ती वडा नम्बर ५ का लक्ष्मण पुन ६ का अध्यक्ष जिवन कुमार अदै वडा नम्बर ७ का अध्यक्ष दिपक थापा लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट वोल्दै नवनिर्वाचित मेयर नेपालीले आफुले पढेको विद्यालय भएकोले यस विद्यालयको उन्नती प्रगती चाहेको बताउदै विद्यालयका लागी आफ्नो व्यक्तिगत तर्फबाट ३ लाख ५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिने घोषणा। सा गरे ।

अक्षयकोष मार्फत विद्यालयमा अध्ययन गर्ने गरीब दलित एवं जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न आग्रह गर्दै नेपालीले विद्यालयको शैक्षिक स्तर वृद्धीका लागी सबै शिक्षक कर्मचारी एकतावद्ध भएर शिक्षणमा जुट्न आग्रह समेत गरे ।
कार्यक्रममा विद्यार्थीका तर्फबाट टिकाराम भटराई शिक्षकहरु जित बहादुर बाहोरा कुलापती सापकोटा उत्तरगंगा माध्यमिक विद्यालय स्रोतकेन्द्रका स्रोतव्यक्ति वेद बहादुर बुढा, अभिभावकहरु मोहनलाल शर्मा धर्म कुवर ज्ञानप्रसाद कडेल गुन्ज बहादुर भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।

सो अवसरमा प्रध्यानाध्यापक धन बहादुर कुवरले विद्यालयको आर्थिक एवं भौतिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरा बहादुर कुवरको अध्यक्षता शिक्षक नवीन जिसीको स्वागत मन्तव्य र शिक्षक लोकेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply