जैमीनीमा कांग्रेसको विजय उत्सव

सुमन जि.सी, बागलुङ २०७४ जेठ ५ । वर्ष पछाडि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटा तह मध्ये सबैभन्दा अन्तीममा नतीजा सार्वजानीक भएको जैमीनी नगरपालीकाको मेयरमा नेपाली कांग्रेसका ईन्द्रराज पौडेलले जीत हाँसील गरेसंगै शुक्रवार कांग्रेसले जैमीनी न.पा.को केन्द्र कुश्मिसेरा बजारमा विसाल ¥याली सहित कुश्मिसेरा भेग परिक्रम गरी आम सभा सम्पन्न गरेको छ ।

¥याली पश्चातको आमसभालाई सम्वोधन गर्दै नवनिर्वाचीत मेयर पौडेलले सबैभन्दा पहिले आफुलाई मेयर बनाउनका लागि मतदान गर्ने सबैलाई धन्यवाद दिएका थिए । पौडेलले आफुले चुनाब लड्ने समयमा जनतालाई दिएका बाचाहरु यो ५ वर्षमा पुरा गर्ने प्रतिवद्धाता व्यक्त गर्दै आगमी ५ वर्षमा जैमीनी न.पा. मा कसैलाई पनी गास, बास र कपासको अभाव नहुने गरी योजना बनाएर काम गर्ने बताए ।

नयाँ नगरपालीका भएकाले केही पनी भौतीक संरचनाहरु बनीनसकेको अवस्थामा हामीलाई धैरै चुनौतीहरु रहेको धारणा राख्दै जनताको पुर्ण साथ, सहयोग र सल्लाहा मार्फत नै जैमीनी नगरपालीकाको समग्र विकासमा आफुहरु अगाडि बढ्ने बताए ।
सभालाई माननीय सांसद प्रकाश शर्मा पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापती दिपेन्द्र बहादुर थापा, नेपाली काग्रेस जैमीनी नगरपालीकाका उपमेयरका प्रत्यशी कौशीला वि.क. लगाएतले सम्वोधन गरेका थिए ।

कार्यक्रम चुनाव प्रचार प्रसार समिति संयोजक तथा नेपाल तरुण दलका सह महामन्त्री हरिहर शर्माले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply