राप्रपाले गरेको कार्यक्रममा पृथ्वी नारायण शाहको योगदान बारे चर्चा !

पर्वत २०७३ पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

आज सदरमुकाम कुस्मा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा राप्रपका केन्द्रिय सदस्य व्दय ईच्छाबहादुर गुरुङ तथा रणबहादुर क्षेत्रीले सरकारले राष्ट्रिय विभूति पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा एकता दिवसका अवसरमा सार्वजनिक विदा नदिएर मौसूफका अपमान गरेको आरोप लगाए ।

कार्यक्रमका अन्य बक्ताहरु नागरिक सन्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडी, जेष्ठ नागरिक मन्च पर्वतका अध्यक्ष लोकनाथ आचार्य, गैसस पर्वतका सचिव शिव शर्मा, नारायण माविका पूर्व प्राचार्य पृथ्वी शर्मा लगायतले राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै राष्ट्रिय एकता दिवसका सान्दर्भिकता माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा राप्रपाका ईश्वर गिरी, ठाकुरबम मल्लले पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक विदा नदिएकोमा घोर आपत्ती जनाएका थिए

कार्यक्रम पाटी अध्यक्ष ठाकुरप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीहरको राप्रपाका गंगाबहादुर दमाईले स्वागत गरेका थिए भने पार्टीका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले सन्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *