सुरेश छन्त्याल गल्कोट २०७४ जेठ ४ । बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेको विजय र्याली सम्पन्न भएको छ।
नेपाली काग्रेस गाउँ इकाई समितिका सभापति देवराज पुनको अध्यक्षता पुर्व सभासद निरज पुनको प्रमुख आतिथियतामा भएको कार्यक्रममा विजयी उमेदवारहरुलाई बाजागाजा सहित स्वागत गरिएको थियो ।
नविन राना, मानसिह छन्त्याल, तिलक घर्ती कमला विक, रामप्रसाद विक, धनबहादुर सुनार, राधिका पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संञ्चालन ज्ञान बहादुर श्रीसले गरेका थिए।