सभ्य मानिसले मात्र पृथ्वी नारायण शाहको सम्मान गर्छन : वरिष्ठ पत्रकार गौतम

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ पुस २७ । ‘मेरो सानो दुखले आज्र्याको मुलक होईन सबैलाई चेतना भया…’ भन्ने श्री ५ पृथ्वी नारायण शाहको उपदेशलाई आत्मसाथ गर्दै बुधबार नागरिक समाजका तर्फबाट स्थानीय लोकतान्त्रिक चोकमा २ सय ९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पृथ्वी विचार प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार युवराज गौतमले नेपाली विश्वमा कहिल्यै पनी हारेका छैनौ किन भने नेपाली एक भएर लडेका छौ । हाम्रो जितको एउटै सुत्र भनेको एकता हो यसको थालनी उनै पृथ्वी नारायण शाहले गरेका हुन् । नेपालको कुनै पनी विजय प्राप्त गर्नको लागी जातिगत रुपमा ब्राहम्, जनजाती ,दलित सबै एक भएर भएरनै नेपाली राष्ट्रियता बचेको हो । यो कुरालाई नभुली सधै साथमा राखेमानै देशको राष्ट्रियता रहने बताए।

यस कुराको सैद्धान्तीक तथा व्यवहारीक प्रयोग पृथ्वी नारायण शाहले गरेको बताउदै प्रमुख अतिथी गौतमले पृथ्वी नारयणको विचारलाई सबैले मान्नु पर्ने बताए । पृथ्वी नारायण शाहको जन्म दिनमा सरकारले विदा नदिएको बारे चर्चा गदै उनले भने, सभ्य मानिसले मात्र पृथ्वी नारायणको सम्मान गर्छन ।

कार्यक्रममा राप्रपाका अध्यक्ष टिकाराम सापकोटा, समाजसेवी देव बहादुर श्रेष्ठ, सुरेन्द्र खड्का, नेपाल रेडक्रस बागलुङ शाखाका अध्यक्ष जव्बर बहादुर लामिछाने, बागलुङ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष युवराज राजभण्डारीले पनि मौसूफ प्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।

त्यस्तै समाजसेवी स्वामी रमेशानन्द केशरी, युवाको तर्फबाट सुनिल थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशराज राजभण्डारी, नागरिक मन्चका बलराम हमालले पनि श्री ५ पृथ्वी नारायण शाहको योगदामाथी प्रकाश पारेका थिए । सो अवसरमा कवि योगेश खतिवडा, चन्द्र सुर्य ले कविता बाचन गरेका थिए ।

कार्यक्रम २ सय ९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहका अध्यक्ष एवं राप्रपाका उपाध्यक्ष शैलेन्द्र कुमार श्रेठको अध्यक्षता, सदस्य रमेश कुमार राजभण्डारीको स्वागत र कृष्णराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.