बागलुङमा यसरी मनाईयो श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस !

बागलुङ २०७३ पुस २७ । श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आमसभाको आयोजना गरी राष्ट्रनिर्माता श्री ५ पृथ्वीप्रति हार्दिक श्रद्धान्जलि अर्पण गरेको छ ।

आज विहान पार्टी कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, सर्वसाधारण सम्मिलित एक जुलुसले श्री ५ पृथ्वी अमर रहुन, राष्ट्रिय एकता दिवस अमर रहोस, पुस २७ गते सार्वजनिक विदा घोषणा गर ! आदि गगनभेदी नाराहरु सहित नगर परिक्रमा गरेको थियो ।

नगर परिक्रमा पश्चात स्थानीय वीरेन्द्र ऐश्वय उद्यान चोकमा आयोजित आमसभामा राप्रपाका केन्द्रिय सदस्य तिलकबहादुर रिजाल, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, राप्रपाका जिल्ला उपाध्यक्षहरु तारा रिजाल, शैलेन्द्रकुमार श्रेष्ठ रणबहादुर किसान, पूर्व प्रधानाध्यापक मेघराज पाण्डे लगायतले श्री ५ पृथ्वी नारायण शाहको योगदना तथा राष्ट्रिय एकता दिवसका बारेमा प्रकाश पारेका थिए ।

पार्टी अध्यक्ष टीकाराम सापकोटाको सभापतित्वमा भएको सो समारोहमा पार्टीकी जिल्ला कार्यसमिति सदस्य पुष्पाकुमारी रिजालले स्वागत मन्तव्य दिएकी थिईन भने पार्टी सचिव हेमराज पन्तले कार्यक्रमको उद्घोषण गरेका थिए ।

समारोहमा विद्यार्थीहरुले विभिन्न खेल प्रदर्शन पनि गरेका थिए भने उत्कृष्ठ ३० जना खेलाडीहरुलाई उपाध्यक्ष रणबहादुर किसानले मेडल वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.