विजय राना, कुस्मीसेरा २०७४ जेठ २ । जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिकाको मतगणना कार्य जारी छ । मतगणना भैरहेकोे वडा नं ९ र १० को हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय जनमोर्चाका मेयरका उमेदवार नरबहादुर पुनले १ हजार ५२ मत ल्याएर काँग्रेसका ईन्द्रराज पौडेलको ६ सय ५० मत भन्दा ४ सय ३७ मतले अगाडी रहेका छन् ।
यसैगरी उपमेयरमा पनि जनमोर्चाका लिलबहादुर रानाले ९ सय ८१ मत ल्याएर काँग्रेसका उमेदवारभन्दा ४ सय ३४ मतले अग्रता कायम गरेका छन् ।
वडा सदस्यहरुमा ९ र १० दुवै वडाहरुमा मत गणनाको परिणामबाट जनमोर्चाको विजय निश्चित भएको छ ।
वडा नं ९ का राजमो उमेदवारले ५सय ९ मत प्राप्त गरी काँग्रेसलाई १ सय १ मतले अग्रता लिएका छन् भने वडा नं १० का राजमो उमेदवारले ९ सय ४८ मत प्राप्त गरी काँग्रेसका उमेदवारलाई ६ सय ३८ मतले अगाडी रहेका छन । दुबै वडाका मतगणना गर्न मतसंख्याका आधारमा जीत सुनिश्चित बनेको हो ।