सवारी चालक अनुमतिका लागि पहिलो दिनमा ८१७ जनाको आवेदन !

बागलुङ २०७३ पुस २७ । बागलुङ स्थित यातायात व्यवस्था कार्यालयबाट तीन वर्ष पछी खुला गरिएको सवारी चालक अनुमति पत्रको परीक्षा दिनका लागि मंगलबार पहिलो दिनमा ८१७ जनाले आवेदन दिएका छन् । कार्यालयले विहान ८ बजे देखी अपरान्ह ३ बजे सम्म आवेदन दिनका लागि सूचना प्रकाशित गरेको थियो ।

कार्यालयले मोटरसाइकलकोलागि २६ देखि २८ गतेसम्म र स्कुटर लागि २९ गते एक फाराम खुल्ला गरेको छ ।

कार्यालयका नायव सुब्बा रामप्रसाद शर्माका अनुसार आवेदन दर्ताको लागि बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, नारायण, लुम्वीनी, चितवन जिल्ला सहित भारतीय नागरिक समेत रहेका छन । लाइसेन्स परीक्षाका लागि मिति, समय र स्थान भने पछि तोकिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *