कसको असहमतीले पृथ्वी जयन्तीमा विदा दिएन यो नालायक सरकारले ?

बागलुङ २०७३ पुस २७ । अन्तत: पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा नदिएर यो सरकारले आफनो नालाएकीपन देखायो ।

राष्ट्रिय एकताका प्रतिक श्री ५ बहामहाराजाधिराज पृथ्वीनारायण शाहको २९५ औ जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा नदिएर यो लाचार सरकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान त ग-यो नै करोडौँ नेपालीको आस्था र विश्वासमा निर्मम प्रहार ग-यो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा हिँजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा ‘नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ, उहाँको भूमिकालाई सकारात्मक रुपमा लिएका छौँ, भन्दै ‘आफु पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सकारात्मक रहेको र पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनका लागि सबैको सहमति खोज्न प्रयास गर्ने’ बताएपछी आम नेपालीलाई पुस २७ गते सरकारले सार्वजनिक विदा दिएर राष्ट्रनिर्माता पृथ्वी नारायण शाहप्रति सम्मान व्यक्त गर्छ भन्ने आशा गरेका थिए । तर यो नपुंशक सरकारले बोलेको बचन पुरा गर्न सकेन ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन तयार रहेका प्रधानमन्त्री दाहाललाई कसको असहमतिले रोक्यो ? सरकारमा सहभागी नेपाली काँग्रेसले सहमति नदिएको हो कि ? अथवा अर्को मुलुकको राष्ट्रपति नेपाल आउदा सार्वजनिक विदा दिने यो नालायक सरकारलाई उतैबाट सहमति मिलेन र आजको यस महान दिनमा सार्वजनिक विदाको घोषणा गर्न सकेन ? आम नेपालीहरुका लागी गम्भीर प्रश्न बनेको छ ।

राष्ट्रप्रेमी नेपालीहरुले सार्वजनिकरुपमै यसको जवाफ मागी रहेका छन् भने सामाजिक सन्जाल फेसबुकमा सरकारको यस नालायकी पनको खिस्सी उडाईएको छ , घोर भत्सर्ना र बिरोध गरिएको छ ।
हेरौं केहि उदाहरण-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *