धौलागिरी अन्चल अस्पतालको अध्यक्षमा मल्ल नियुक्त !

बागलुङ २०७३ पुस २७ । धौलागिरी अन्चल अस्पताल विकास समिति बागलुङको अध्यक्षमा गल्कोट हरिचौरका मन्जेशबम मल्ल नियुक्त भएका छन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार मल्ल अध्यक्ष नियुक्त भएका हुन् । उनी शहीद थीरबम मल्ल फाउण्डेशनका अध्यक्ष हुन् ।

केहि वर्ष यता अस्पताल विकास समितिहरुमा जुन दलको स्वास्थ्य मन्त्री हुन्छ सोही दलका कार्यकर्ता भर्तिगर्ने प्रचलन कायम रहेको छ । धौलागिरी अन्चल अस्पतालमा यस अघी दुई पटक माओवादी कार्यकर्ता र निवर्तमान अध्यक्ष एमालेबाट नियुक्त भएका थिए ।

नेपाली काँग्रेसबाट स्वास्थ्य मन्त्री बनेका गगन कुमार थापाले नेपाली काँग्रेसका युवा कार्यकर्ता मल्ललाई अध्यक्षमा नियुक्त गरेका हुन् । मल्ल अध्यक्ष नियुक्त गरिएको समाचारले गल्कोट क्षेत्रमा खुशियाली छाएको छ ।

अध्यक्ष मल्ल, गल्कोटे राजा भरतबम मल्लका नाति हुन् । उनका बुबा माधवबम मल्ललाई जनयुद्धकालमा निर्मतापूर्वक हत्या गरिएको थियो ।

राजधानीमा बसोवास गर्दै आएका नवनियुक्त अध्यक्ष मल्लको कार्यकालमा अस्पतालको सुधारमा विशेष चासो रहने आशा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *