एमालेको क्षेत्रिय बैठक सम्पन्न, क्षेत्रिय अधिवेशन फागुन ६ गते बुर्तिवाङमा !

कृष्ण कँडेल, बागलुङ २०७३ पुस २६ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रको छविलाई उचो राख्दै जनपक्षिय निती कार्यक्रम र बजेट ल्याएको भन्दै अबको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गरे ।

उनले एमालेको पक्षमा बनेको राष्ट्रिय माहोल अनुसार गाउँ गाउँमा संगठन विस्तार र निर्वाचन केन्द्रित अभियानका लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष सापकोटाले आजै बुर्तिबाङ बजारको धौलागिरीचोकमा क्षेत्रीय कार्यालय शुभारम्भ गरेका थिए ।

एमाले जिल्ला कमिटि बागलुङका उपसचिव विष्णु भुसाल, अञ्चल सल्लाहकार कमल घिमिरे, निबर्तमान जिल्ला सचिवालय सदस्य टंक पौडेल लगायतले प्रशिक्षण मुलक मन्तब्य दिएका थिए ।

बैठकले पार्टीको क्षेत्रीय अधिबेशन आगामी फागुन ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिए ।

कार्यक्रम क्षेत्रीय संयोजक संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *