छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ बैसाख २७ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ढोरपाटन स्थित ढोर बराहाको मन्दिरमा गत वर्षहरुमा भैm यस वर्षको बैशाख पूर्णिमा चण्डिपूर्णिमा मेल भव्यरुपमा सम्पन्न भएको छ । सडक यातायातले छोएपछी ढोरपाटनमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको चाप निकै बढेको छ ।
बुधवार चण्डिपूर्णिका अवसरमा ढोरबराहा मन्दिरमा पूजा अर्चना गर्न आउने श्रद्धालु भक्तहरुको संख्या गत वर्षको तुलनामा बढी रहेको स्थानीयले बताएका छन् ।
बैशाखे पुर्णिमाको अबसरमा बागलुङको प्रर्यटकीय एवम धार्मिक स्थल ढोरबराह मन्दिरमा ७ सय बढी भेँडापाठाको बली चढाईएको पत्रकार खड्क कुवँरले बताए ।
हजारौँ श्रद्धालु भतmजनहरुले मन्दिरमा दर्शन सँगै पुजाआर्चना गरेका हुन् । मँगलबार देखि भिँड लागेको ढोरपाटनमा बुधबार सबैरै चार बजेदेखिनै पुजा आर्चना सुरु भएको थियो । बिहान करीब १० बजेसम्म भतmजनहरुले पुजा आर्चना सँगै भेँडा पाठाको बली चढाएका हुन् । हजारौँ दर्शनार्थीले मन्दिरमा दर्शन गरेका छन् ।
बैशाखे पुर्णिमा र जनैपुर्णिमामा भाकल गर्ने, बली चढाउने तथा ढोरबराहको दर्शन गर्नाले मनोकाङक्षा पुरा हुने जनबिश्वासका साथ प्रत्यक बर्ष मन्दिरमा दर्शनार्थीको भीँड् बद्दै जान थालेको छ ।
बागलुङ जिल्लाका आन्तरीक सहित बाहिरी जिल्ला गुल्मी ,पाल्पा, पर्वत, रुकुम,रोल्पा, प्युठान, लगाएतकाबाट प्रत्यक बर्ष श्रद्धालुहरु आउने गरेका छन् । पछिल्लो समय सवारी साधनको उपलब्धताले गर्दा समेत श्रद्धालुहरुको आवागमन ह्वात्त बढेको स्थानीयले बताएका छन् ।
तस्वीर सौजन्य- दिपक पराजुली, बुर्तिवाङ ।