विजय राना, बागलुङ २०७४ बैशाख २७ । निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले पटकपटक आचार संहिता उल्लंघन गरेमा उमेदवारी खारेजी सम्मको कार्वाही हुने संज्ञान गराएर छन् ।
जिल्लामा निर्वाचनको स्थिति बुझन करीव ३ बजेको समयमा हेलिकप्टरमा बागलुङ सदरमुकाम आईपुगेका आयुक्त पौडेलले निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज, कानूनवीद समेतको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै आचारसंहिता उल्लंघनका घट्नाको बारेमा दल र उमेदवारहरुलाई सचेत गराएका हुन् ।
निर्वाचनको मिति नजिकिए संगै निर्वाचन आचार संहिता उल्लंघनका घट्नाहरु भएको गुनासो बढ्न थालेको भन्दै पौडेलले त्यस्ता क्रियाकलाप नदोहो¥याउन र निर्वाचनलाई प्रभावित पार्ने गरि पैसाको बाँडफाँड, भोजभतेर विकास निर्माणका अनावश्यक आश्वासन नबाँड्न दल र उमेदवारहरुलाई आग्रह गरे समेत गरे । सो अवसरमा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित एबं सब्य भब्य रुपमा सम्पन्न गर्नका लागि सबै एक भएर लाग्नुपर्ने बताएका थिए ।
प्रमुख निर्वाचन अधिकारी एवं जिल्ला न्यायाधीश हेमलाल बेलवासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंन्तव्य जिल्ला समन्वय समितिको रामप्रसाद आचार्य र सञ्चालन जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकाशचन्द्र पौडेलले गरेका थिए ।
करीब ४५ मिनेटको बसाईपछी आयुक्त पौडेल हेलिकप्टरबाट म्याग्दी बेनी पुगेर पोखरा फर्की सकेका छन् । आचार संहिता उल्लंघन नगर्न आयुक्त पौडेलको आग्रहलाई सरोकारवालाहरुले कत्तिको अमलमा ल्याउछन त्यो भने समयले नै बताउला ।