राम प्रसाद घिमिरे, बागलुङ २०७८ साउन ७ । बागलुङ जिल्लामा दुर्घटना न्युनीकरण तथा ट्राफिक नियमको पुर्ण पालना गराउनको लागि ट्राफिक डमीको प्रयोग सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको पहल एवं बागलुङ उद्योग बाणिज्य सघं, रोटरी क्लव अफ बागलुङ र स्थानीय शिव आचार्यको सहयोगमा गण्डकी प्रदेशमै पहिलो सुरुवात को रुपमा बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारका विभिन्न ठाउँहरुमा ट्राफिक डमी प्रहरी राखिएको हो ।
बागलुङ बजारमा सवारीसाधनको अत्याधिक चापका कारण ट्राफिक व्यवस्थापनमा थपिदै गइरहेको चुनौतिलाई न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक डमीको प्रारम्भ गरिएको हो । अव्यवस्थित शहरीकरण, साँगुरा सडक, बढ्दो सवारी प्रयोग, जथाभावी पार्किङ, सडकमा निर्माण सामाग्री राखीनु, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन डमिको प्रयोगले सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीले बताए । ूटाढाबाट झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुन्छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रीनाथ शर्माले भने, ‘यसले महामारीका बेला अभाव रहेको जनशक्ति व्यवस्थापनमा पनि सहयोग पुग्ने छ ’ ूपहिलो चरणमा बागलुङको मध्य भाग लोकतान्त्रिक चोक, व्यस्त सडक क्याम्पसरोडमा राखि सुरुवात गरिएको र ट्राफिक चोकमा सिसि क्यामरा सहितको आइलन निर्माण गरि राखिने तथा यो अभियानलाई जिल्लाका गलकोट, बुर्तिबाङ लगायत आवश्यक ठाउँमा बिस्तार गरिने योजना रहेको प्रमुख शर्माले बताए ।
बागलुङ बजारका चोकहरुमा डमी ट्राफिक प्रहरी !
२०७८ श्रावण ७, बिहीबार १६:३०
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०