Sorry, that menu does not exist.
 

घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु, २ जना गम्भिर !

राम प्रसाद घिमिरे, बागलुङ २०७८ साउन ५ । गलकोट नगरपालिका मल्ममा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका(५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९ का दूध बहादुर राना, वर्ष ५१ का रेख बहादुर राना रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनबाट २ जना गम्भीर घाइते भएका छन् ।
रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका(५, गजुल बस्ने वर्ष २६ का रबिन्द्र पुन र वर्ष ३८ का खेमराज घर्तिको गम्भीर रहेको प्रहरीको भनाइ रहेको छ । घाइते दुवैको किड्नीमा असर गरेको देखिएको र सदरमुकाम स्थित धौलागिरि अस्पतालमा डायलासिस चलिरहेको अस्पतालका प्रमुख शेलेन्द्र बिक पोख्रेलले बताए ।

गलकोट नगरपालिका वडा नम्बर(७, को मल्म खानेपानी आयोजनामा कार्यरत ६ जना मजदुरहरुले सोही स्थानमा सञ्चालित मिलन किराना पसलमा बसी मदिरा सेवन गरेका र कोठामा फर्कदैगर्दा बिरामी परेको अनुसन्धानबाट खुल्न आएको र उक्त पसलका सञ्चालक भद्र बहादुर थापालाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इकवाल हवारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !