मन्दिप निउरे, ताराखोला, २०७८ असार २७ ।अबिरल बर्षापछि आएको बाढीले बगाएर बेपत्ता भएका ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की अझै भेटिएका छैनन । गत बुधबार वर्षा सँगैको बाढिमा परि वेपत्ता भएका कार्कीको खोजि जारी रहेको प्रहरी चौकी ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए ।
वेपत्ता कार्कीको खोजीमा ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी प्रमुख अर्जुन बम मल्ल नेतृत्वको टोलीले खोजी कार्य जारी राखेको भएपनि कार्की अझै पनि फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले कार्कीलाई ताराखोला देखि गलकोट बडीगाड सम्मका खोलामा खोजी गरिरहेको छ ।
कार्कीको खोजीमा प्रहरी चौकी हटिया, प्रहरी चौकी खर्बाङ सहित स्थानिय परिचालन भएका छन् । बाढिले स्थानीय चन्द्र कार्काीको ४१ वटा बाख्रा स्थानिय महेन्द्र कार्कीको १२ वटा बाख्रा सहित पशु चौपाय र घर गोठ सँगै रेष्टुरेन्टमा समेत ठुलो क्षति पुयाएको थियो ।