विनोद विश्वकर्मा ,बुर्तिवाङ २०७८ असार २४ । सडक माथीबाट झरेको सुख्खा पहिरोका कारण तमानखोला बुर्तिबाङ सडक अवरुद्ध भएको ४ दिन बितिसक्दा पनि सरोकारवाला निकायले ध्यान नदिदा अझै सञ्चालनमा आउन सकेको छैन । गत आईतबार ढोरपाटन नगरपालिका वडा नं ४ मा गएको पहिरोको कारण तमानखोला बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भए सङ्गै तमानखोला गाउपालिका सिधा सडक सञ्जाल बाट बन्चित बनेको छ । भरेको पहिरो न पन्छ्याउदा तमानखोला गाउँपालकामा खाद्ययन्न ढुवानि तथा तथा बिरामी तथा पैदल यात्रीलाई समेत असहज बनेको स्थानियको गुनासे छ । तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास लम्सलले पहरो गएको स्थान ढोरपाटन नगरपालिकामा पर्ने भएकाले गाउँपालिकाले नगरेको बताए ।
पहिरो अरुद्ध भएको यतिका समय भयो खै कसैको चाँसो छैन म पाँच दिन देखी यतै थन्किएर बसेको छु सवारी चालक यम रसाईलीको भनाई छ । सडक नखुलाउदा स्थानियलाई पैदल यत्रीले समेत सास्ति खेप्नु परेको छ ।