Sorry, that menu does not exist.
 

पर्वतमा पेशागत बिमा अभिकर्ता संघ नेपाल गठन ।

पर्वत २०७८ असार २२ । चालीस वटै बिमा कम्पनीमा कार्यरत अभिकर्ताहरुको साझा संगठन पेशागत बिमा अभिकर्ता संघ नेपाल, पर्बत शाखा गठन भएको छ । पेशागत बीमा अभिकर्ता संघ नेपाल सबै बीमा कम्पनीहरुको छाता संगठन हो । अभिकर्ताहरुको भेलाले लाइफ इन्स्योरेन्स कम्पनिका गोबिन्द अधिकारीको अध्यक्षतामा १३ कार्यसमिति गठन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका रामशरण पोख्रेल निर्वाचन संयोजक, नेपाल लाइफ कै शंकर गिरि र युनियन लाइफका माधव पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति र नवनिर्वाचित अध्यक्ष गोबिन्द अधिकारिको ठूलो मेहनतले समिती गठन गरि काम सुरु गरिएको हो । जिल्लामा रहेका अभिकर्ताको पेशागत हकहितका लागि समितिको गठन गरिएको निर्वाचन संयोजक तथा सल्लाहकार रामशरण पोख्रेलले बताउनुभयो ।
यस्तै सल्लाहकार शंकर गिरिले आफ्ना हकहितका लागि सबै अभिकर्ता एकजुट हुनुपर्ने बताए ।

यस्तै नवनिर्वाचित अध्यक्ष अधिकारीले बीमा कम्पनीमा आवद्ध भएका सबै अभिकर्ताको व्यावसायीक हकहित, सुरक्षा, संरक्षण र प्रवर्द्धनमा कटिबद्ध भएर लाग्ने बताए ।

नवगठित समितिको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिकी देबि कुमारी गुरुङ, सचीवमा नेपाल लाइफ कै नमराज पुरि, सहसचिवमा आइएमइ लाइफका रुद्र प्रसाद शर्मा , काेषाध्यक्षमा नेपाल लाइफका सुशील पौडेल चयन भएका छन ।

यस्तै सदस्यहरूमा नेपाल लाइफकि सरस्वती गिरि, दिनेश तिवारी, धरमदेबी गुरुङ, सिटिजन लाइफका ओमकार पौडेल, महालक्ष्मी लाइफकी तारा सुवेदी, गुराँस लाइफका रामु प्रसाद भुसाल, सानिमा लाइफका त्रिलोचन शर्मा र एलआइसी कम्पनिकी सुमित्रा अधिकारी सर्वसम्मत चयन भएका छन । कार्यसमितिका सबै पदाधिकारीलाई आजै पदस्थापन गराइएको छ ।कार्यसमितिको बैठकले बाकी २ जना सदस्यलाई पछि थप गर्ने बताएको छ ।

यस्तै नवगठित समितीको बैठकले ५ सदस्यीय सल्लाहकार समिती समेत मनोनित गरेको छ । जसमा नेपाल लाइफका रामशरण पोख्रेल, शंकर गिरि, युनियन लाइफका माधव पौडेल, नेशनल लाइफका बिश्व बन्धु प्रसाइ, सिद्धार्थ इन्स्योरेन्सका मोहन आचार्य लाई चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !