मित्र खरेल, गलकोट २०७८ असार १९। गलकोट नगरपालिका वडा नम्बर(११ मा शिक्षा बिकास सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुणस्तरीय शिक्षा आजको आवस्यकता भन्ने मुल नाराकासाथ वडा कार्यालय रिघामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले सिकाई उपलब्धि सुधार गर्न आफ्नो जिम्मेवारी पूरा गर्नेगरी बिव्यस, प्रअ, शिक्षक र सहजकर्ताले सक्रियता बढाउनुपर्ने बताईन । शिक्षाको सुधारको लागि नगरले आवस्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता गरिन ।
सो अवसरमा सहभागी वडा भित्रका बिद्यालायका प्रधानाध्यापक र बालबिकास केन्द्रका सहजकर्ताले आफ्नो शैक्षिक संस्थाको प्रगति विवरण, भएका प्रयास र समस्या बारे जानकारी गराएका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बैकल्पिक सिकाईको लागि नगरपालिकाले सहजीकरण गर्नुपर्ने बताए । उनिहरुले सबै विद्यार्थीमा ईन्टरनेटको पहुँच नहुदा सिकाईमा समस्य भएको गुनसो गरे । नगरशिक्षा अधिकारी रुद्रनारायण सापकोटाले सहभागीले उठाएका सवालको उत्तर सहित सहजीकरण गरेका थिए । वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक डम्बरबहादुर श्रीसले मापनयोग्य शैक्षिक उपलब्धि हासिल गर्नेतर्फ ध्यान दिन आग्रह गरे । राजनितिक दलका प्रतिनिधिले शिक्षाको सुधार र बिकासको लागि नगरले व्यवारिक योजना निर्माण गरि लागू गर्नुपर्ने कुरा उठाएका थिए । कार्यक्रम वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक डम्बरबहादुर श्रीसको अध्यक्षता र रत्नलक्ष्मी माद्यमिक बिद्यालयका प्रधानाध्यापक तुलबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।