महेन्द्र केसी, पर्वत २०७४ बैशाख २७ । मतदान गर्ने मिति घरको दैलोमा आईपुगेपनि मतदाता शिक्षा दिने सरोकारवालाहरु घरदैलोमा पुगेका छैनन् । न चुनावी प्रचारप्रसारमा मतमाग्दै हिँडेका राजनीतिक दलहरु र उमेद्वारहरुले मतदान कसरी गर्ने भनेर मतदातालाई सिकाउने फुर्सदै छ । अधिकाँश मतदाताहरु अहिले झन्झटिलो मतपत्रमा कसरी मतदान गर्ने बारे अन्योलमा छन् ।
भोट माग्नको लागि सवै राजनीतिक दलहरु घरदैलामा आउँछन तर कसरी मतदान गर्ने, कति ठाउँमा छाप लगाउने र कति उम्मेदवारले उम्मेदवारी दिएका छन् लगाएयका विषयमा राजनीतिक दलहरुले जानकारी दिन नसकेको मतदाताहरुले बताएका छन ।
मतदाता शिक्षाको लागि खटिएका कर्मचारी पनि घरदैलामा पुग्न सकेका छैन । उनिहरुले घरदैलोमा मतदाता शिक्षा लिएर जानुपर्ने कर्मचारी होटल, बाटो, चौतारी तथा विद्यालय वरपरका ठाउँहरुमा मतदान गर्ने तरीकाका पोष्टर टाँसेर आफ्नो जिम्मेवारी पुरा गरेका छन् । तर मतदातालाई भने अझै पनि अन्योलता कायमनै छ मतदान कसरी गर्ने भन्ने । सबैले भोट देउ भन्छन् ‘कसरी, कति ठाउँमा छाप हान्ने, मतपत्रको आकार, चुनाव चिह्नबारे कसैले सिकाउँदैनन् मतदाताहरुको गुनासो यस्तो छ ।