Sorry, that menu does not exist.
 

कोभिड-१९ नियन्त्रणका निम्ती निसीखोला गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

छविलाल पाण्डे, २०७८ असार ७ । निसीखोला गाउँपालिकालाई कोभिड १९ नियन्त्रणका निम्ती विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. २ बागलुङका सभापती दोर्णकुमार कुवँरको सक्रियतामा स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको विभिन्न स्वास्थ्य समाग्रि एक कार्यक्रमका विच गाउँपालिका लाई हस्तान्त्रण गरीएको हो ।

विपत्तीमा कुनै राजनैतिक पुवर्वाग्रह नभई जनताको सेवा भाव सँग जोडिएर मानविय हिसावले आफुहरुले स्वास्थ्य सामाग्रि लिएर क्षेत्र नं. २ बागलुङका ६ वटै पालिकामा हस्तान्त्रण गर्ने उदेश्य रुवरुप निसीखोला गाउँपालिकालाई सामाग्रि हस्तान्त्रण गरीएको नेपाली काँग्रेसका नेता दोर्ण कुमार कुवँरले बताउनु भयो । राज्यले समयमा विकट क्षेत्रसम्म स्वास्थ्य सामाग्रि पुर्याउन नसकिरहेको अवस्थामा आफुहरुले स्वास्थ्य विभागबाट स्वास्थ्य सामाग्रि लिएर हस्तान्त्रण गरीएको बताउँदैे कुवेर ट्रस्ट , गैर आवासिय नेपाली सँघ लगाएतका सँस्थाबाट प्राप्त स्वास्थ्य सामाग्रि समेत अर्का चरणमा हस्तान्त्रण गरीने बताए ।

पालिकाका निम्ती अक्सिजन कन्सन्टेटर १ सेट, पल्स अक्सिमिटर २ थान, अक्सिजन सिलिन्डर २ भिटिएम ४०० पिस, एन्टिजेन्ट १०० पिस, थर्मामिटर २ पिस, ग्राउन २ सेट लगाएत माक्स, फेशशिल लगाएतका स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो ।

स्वास्थ्य सामाग्रि बुझदै कार्यक्रमका अवसरमा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले विपदको समयमा नागरीकको समस्यालाई सम्वोधन गर्ने गरी लिइएका स्वास्थ्य सामाग्रिले स्वास्थ्य कर्मिलाई काम गर्न सहज हुनुका साथै नागरीकका निम्ती समेत सहज रुपमा सेवा प्रवाह हुने बताउँदै अभियान्ता, सहयोगि दाता सवैमा धन्यबाद ज्ञापन गरे ।

त्यसैगरी नेपाली काँग्रेसका नेता टेकराज पौडेलले बोल्दै नेपाली काँग्रेसले विपत्तीको समयमा रमिते वनेर नवस्ने बताउँदै आ –आफनो स्थानबाट नागरीकको जिवन रक्षार्थ सक्दो सहयोग भइरहेको बताउँदै कोभिड, वाढी पहिरो लगाएतका विपत्तीमा नागरीक सँग सहकार्य भइरहेको बताए ।

सरकारले समयमा कोभिड व्यवस्थापनको तयारी नगरेकै कारण स्थिती जटिल वनेको बताउँदै अवका दिनमा स्थानिय तहमा समेत स्वास्थ्य सामाग्रिको सहजताले नागरीकले आफनै पालिकाबाट सक्दो सेवा पाउने बताए ।

कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष शोभा कुमारी कार्की, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी लगाएतको उपश्थिती रहेको थियो कार्यक्रम कमल भुसालले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !