कमल पौडेल, खर्वाङ २०७८ असार ७ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना तथा उपप्रमुख विष्णु भुसाल सहितको टोलीले बडिगाड गाउँपालिका भित्रका विभिन्न आयोजनाहरुको अनुगमन गरेको छ ।
टोलीले बडिगाड गाउँपालिकाको प्रशासकिय भवन, कवर्ड हल, वडा कार्यालय, भिमगिठेको पदमार्ग, खर्वाङको त्रिभुवन नमुना माविको भवन लगाएतका योजना अनुगमन गरेको हो। सो अनुगमनमा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी लगाएतको सहभागिता रहेको थियो। समन्वय समितिका प्रमुख तथा उपप्रमुखको टोलीले जिल्लाको बडिगाड गाउँपालिका सहित बरेङ गाउँपालिकाको अनुगमन तथा गाउँसभामा सहभागि भएको थियो।
जिससको टोलीद्धारा विभिन्न आयोजनाहरुको अनुगमन
२०७८ असार ७, सोमबार १७:१६
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २२, मंगलवार १०:१४
बडिगाडका ५ स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण
२०७८ असार २२, मंगलवार १०:०५